एनसेल प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्न जसपाको सुझाव
शनिबार, ३० मङ्सिर २०८०, १२ : २५
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले एनसेल प्रकरणको छानबिनको लागि संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने भएको छ । सो पार्टीले एनसेल खरिद बिक्री सम्बन्धमा निष्पक्ष र उच्चस्तरिय संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने भएको हो ।
पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले सरकारसमक्ष उक्त सुझाव दिने निर्णय गरेको जसपा केन्द्रीय कार्यालयले जनाएको छ । सो पार्टीले एनसेल खरिद बिक्री प्रकरण सम्बन्धमा राज्यलाई लाभकर र राजश्वसमेत हानी नोक्सानी हुनेगरी सेयर बिक्री गर्ने प्रस्ताव र निर्णयलाई तत्काल रोकी कार्यान्वयन नगर्न समेत माग गरेको छ ।
जसपाले भनेको छ– ‘नेपाली जनताले उठाएको राष्ट्रिय महत्वको उक्त एनसेल प्रकरणमा पार्टी गम्भीर रहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण