गौतम बुद्ध विमानस्थल सञ्चालनको माग गर्दै पोखरेली व्यवसायीको धर्ना
पोखरा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । विमानस्थल पूर्ण सञ्चालनको मागसहित सिद्धार्थ सञ्जाल आन्दोलित छ । उक्त सञ्जालले गत मङ्सिर २२ देखि दबाबमूलक र्याली र विरोध कार्यक्रम गरिरहेको छ ।
उनीहरुको आन्दोलनमा पोखरेली व्यवसायीहरूले पनि ऐक्यबद्धता जनाएका छन् । पोखरा घुम्ने निम्तो बाँड्न पश्चिमी शहरतिर लागेको उक्त टोलीले भैरहवामा गरिएको प्रदर्शनमा ऐक्यबद्धता जनाएको हो ।
होटल सङ्घको आयोजनामा गएको टोलीले जनदबाब सिर्जना गर्न ऐक्यबद्धता जनाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । विमानस्थल पूर्ण सञ्चालनका लागि गरिएको आन्दोलनमा पोखराका व्यवसायीको पनि समर्थन जनाइएको उनको भनाई छ ।
‘भैरहवाको विमानस्थल चल्नु पोखराको लागि पनि फाइदा हो,’ उनले भने, ‘पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गराउन दुईतर्फी आन्दोलन आवश्यक छ ।’ ठुलो लगानीमा विमानस्थल बनाएर सञ्चालन नै नगर्नु दुःखद भएको उनको भनाई छ ।
सरकारले कूटनीतिक रूपमा पहल गर्न नसकेको व्यवसायीहरूको गुनासो छ । पोखरामा पनि विमानस्थल सञ्चालनमा आएदेखि ४ वटा चार्टर्ड फ्लाइट मात्रै भएको छ । अन्तर्राष्ट्रिय उडानको कुनै सङ्केत देखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण