प्रतिबन्धित लागुऔषधसहित २ जना पक्राउ
आइतबार, ०१ पुस २०८०, ०८ : ५९
झापा । झापाको बिर्तामोड नगरपालिका–१ पश्चिम बस स्टेन स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ गरेको छ ।
काठमाडौँमा ज्याकेट पार्सल गर्न आएका मेचीनगर नगरपालिका–१२ कालीझोडा बस्ने ३० वर्षका राजु विश्वकर्मालाई शङ्का लागि चेकजाँच गर्दा पार्सल गर्न आटेको ज्याकेटभित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर २८ ग्राम ३७० मिलिग्राम फेला परेकोले उनलाई नियन्त्रणमा लिइएको हो ।
साथै उनीसँग सोधपुछ गर्दा उक्त सामान दीपक दाहालको भएको पुष्टि भएकोले उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरले जानकार दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभामा विपक्षी दलहरूद्वारा उठेर विरोध
-
प्रतिनिधि सभाको बैठक ||LIVE||
-
गणेश नेपालीको मृत्यु भएपछि वीर अस्पतालमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)
-
गुडिरहेको गाडीमा सिलिन्डर पड्किँदा ४६ वर्षीय थापाको ज्यान गयो, घटनास्थलमा कडा सुरक्षा
-
गणेश नेपालीले आत्मदाह गरेको घटनाको छानबिन गर्न कांग्रेसको माग
-
बेल्जियम होस् वा स्पेन, मलाई फरक पर्दैन : एम्बाप्पे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण