एनिमलको कमाई ८ अर्ब भारु नाघ्यो

नयाँ दिल्ली । रणवीर कपूरको फिल्म एनिमल वल्र्डवाइड बक्स अफिसमा ८ अर्ब भारु क्लबमा प्रवेश गरेको छ ।
फिल्म रिलिज भएको १६ औं दिन अर्थात् डिसेम्बर १६ मा विश्वभर फिल्मको कमाई १९ करोड ७६ लाख भारु थियो । योसँगै फिल्मको कूल वल्र्डवाइड कलेक्शन ८ अर्ब १७ करोड ३६ लाख भारु भएको छ ।
भारतीय बक्स अफिसमा फिल्मले तेस्रो शनिबार १३ करोड भारु कलेक्शन गरेको थियो । योसँगै घरेलु बक्स अफिसमा फिल्मको कलेक्शन ४ अर्ब ९८ करोड १४ लाख भारु पुगेको छ । शनिबार फिल्मको हिन्दी भर्जनको अकुपेन्सी २२ दशमलव १४ प्रतिशत थियो । आइतबारको कलेक्शन सार्वजनिक भएपछि फिल्म घरेलु बक्स अफिसमा ५ अर्ब भारु क्लबमा छिर्ने प्रायः निश्चित छ ।
फिल्मको वल्र्डवाइड कलेक्शन ९ अर्ब भारु हाराहारी हुने अनुमान गरिएको छ । दक्षिण भारतीय स्टार प्रभासको सालार वा बलिउडका किंग खान शाहरुख खानको डंकीमध्ये कुनै एक फिल्मले आम दर्शकबाट राम्रो रेस्पोन्स पाएन भने यसको फाइदा एनिमललाई हुने बताइएको छ ।
केही एक्सपर्टले सालार वा डंकी रिलिज नहुने भएको भए एनिमलले सहजै १० अर्ब भारुको कलेक्शन गथ्र्यो भनेर भनिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश