टिभिएस रोनिन ‘मोडर्न–रेट्रो’ सार्वजनिक
काठमाडौँ । टिभिएस रोनिन टिभिएस मोटर कम्पनीको पहिलो ‘मोडर्न–रेट्रो’ ३ अनस्क्रिप्टेड लाइफस्टाइलको लागि समर्पित मोटरसाइकल हो । विश्वव्यापी रूपमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनहरूको प्रतिष्ठित निर्माता, टिभिएस मोटर कम्पनीले नेपालमा आफ्ना ग्राहकहरूका लागि टिभिएस रोनिन लन्च गर्दै प्रिमियम लाइफस्टाइल सेग्मेन्टमा प्रवेश गरेको छ ।
यसै अवसरमा ८ स्थानीय ब्लगर र ईन्फ्लुएन्सर र सोसेल मेडिया कन्टेन्ट क्रिएटरहरूले टिभिएस रोनिनको प्रक्षेपण समारोहमा सवारी गरेका थिए । आठ दिने यस सवारी काठमाडौँबाट सुरु भई पोखरा, जोमसोम, लुम्बिनी, सौराहा लगायत पहाड, हिमाल र तराईको विभिन्न भू–भागमा करिब १ हजार ३ सय किलोमिटरको दुरी पार गरी काठमाडौंमा समापन भएको थियो ।
२२५ सीसीको यस मोटरसाइकलको तौल १६० के.जी. छ भने यसले २०।४ पीएस पावर उत्पादन गर्नुको साथै १९.९३ एनएम टर्कले यसलाई मोटरसाइकल वर्गमा सबैभन्दा राम्रो पावर–टू–वेट रेसियो बनाउँछ । क्लासिक डिजाइन प्याकेजमा, मोटरसाइकललाई रेन र अर्बन एबीएस मोड, ग्लाइड थ्रु टेक्नोलोजी (जीटीटी) र भ्वाइस र राइड सहायता सहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसन जस्ता विशिष्ट प्राविधिक सुविधाहरूसहित निर्माण गरिएको छ ।
टिभीएस रोनिन नेपाली बजारमा टी-८ संस्करण (ट्रिपल टोन डुअल च्यानल एबीएस) मा उपलब्ध हुनेछ । यो पुस २०८० देखि देशभरका टिभीएस मोटर आउटलेटहरूमा रु. ४ लाख ४९ हजार ९०० मा उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण