मित्रमिलन सहकारीविरुद्ध साढे ७ सयले दिए जाहेरी, २० करोड दाबी
पोखरा । पोखराको मित्रमिलन सहकारीमा रकम अपचलन भएको थाहा पाएपछि प्रहरीले जाहेरी दिन पीडितसँग आग्रह गरेको छ । केही वचतकर्ताले पहिले नै ठगी भएको भनेर उजुरी दिएका थिए । त्यसकै आधारमा सहकारी रजिष्ट्रारको कार्यालय अनुसन्धान पनि थालेको थियो । अनुसन्धानका क्रममा धेरै बचतकर्ता ठगिएको पाइएपछि उक्त फाइल प्रहरीलाई पठाइयो । प्रहरीले मंसिर २७ गतेसम्म उजुरी दिन सूचना निकाल्यो ।
यो अवधीमा साढे ७ सय जनाले जाहेरी दिएका छन् । ७ सय ४४ जनाको जाहेरी परेको कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार २० करोड भन्दा बढी रकम दावी गरिएको छ ।
मित्रमिलन सहकारीले २६ करोड रुपैयाँ अपचलन गरेको सहकारी रजिष्ट्रारको कार्यालयले खुलाएको थियो । जाहेरीकर्ता आउने क्रम नरोकिएकोले अझै थपिनसक्ने अनुमान प्रहरीको छ ।
ठगी प्रकरणमा हालसम्म ५ जना पक्राउ परिसकेका छन् । अध्यक्ष रमण पौडेल, कार्यकारी निर्देशक किरण अधिकारी, गोपाल खना, बुद्धिसागर पौडेल र राजु बराल पक्राउ परेका हुन् ।
घटनामा ३० जना भन्दा बढीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ । उक्त घटनाको अनुसन्धान फाइल सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेस हुन्छ । अध्यक्ष पौडेल र प्रबन्धकले दर्जनौं नक्कली खाता र नक्कली युजर आइडी बनाएर बचतकर्ताको रकम अपचलन गरेको जाहेरवालाको आरोप छ ।
घटनामा पक्राउ परिसकेका अध्यक्ष पौडेल, खनाल, अधिकारी, पौडेल र बराल सहित वडा नम्बर २१ का अध्यक्ष दीपकप्रसाद सुवेदी, पत्रकार अर्जुन गिरी, कानून व्यवसायी जनकल्याण पराजुली, सहकारीका उपाध्यक्ष विजय लम्साल, सहकारीका कुशल पौडेल, भीमलाल पौडेल, संगीता रेग्मी सुवेदी, रनिता थापा, सूर्यबहादुर अधिकारी, प्रतीक लामिछाने, जनकराज पौडेल, सुजन आचार्य, भुवन पौडेल, लालबहादुर घर्ती, सञ्जय पौडेल, खुमानन्द ९अभिषेक० काफ्ले, विष्णुप्रसाद भण्डारी, भरत भट्टराई, सुवास अधिकारी, वामदेव सुवेदी, कृष्णबहादुर राउत, हरेराम भण्डारी, कुमार मगर, सुरेशकुमार श्रेष्ठ र जीवनाथ पराजुली लगायत विरुद्ध पक्राउ पुर्जी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण