रेनु दाहालको छोरीको बिहेबारे बेकारमा कसैले टाउको नदुखाउनु होला: हिमाल शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्माले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी छोरीको विवाहमा अनावश्यक रूपमा कसैले टाउको दुखाउन आवश्यक नरहेको बताएका छन् । उनले वैवाहिक समारोहमा उपस्थित हुनेहरूले विवाह सोचेभन्दा सामान्य लागेको बताए पनि नपुगेकाहरूले भने मञ्च हेरेर अनावश्यक कमेन्ट गरेको बताए ।
‘रेनु दाहालकी छोरीको बिहेको कुरालाई कतिपय महानुभावले निकै चासो राखेको र विषयलाई भ्रमित गरेको पाइयो । यसो सरसर्ती हेर्दा जो त्यस समारोहमा उपस्थित हुनुभएको छ, उहाँहरू प्रायः सबैलाई सोचे भन्दा सामान्य नै लागेको छ’, शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उहाँहरुको कुनै नेगेटिभ कमेन्ट भेटिएन । तर जो त्यहाँ पुग्नुभएन, फोटोमा त्यै एउटा फोटो सुटका लागि फूलले सजाइएको सानो सुन्दर मञ्च मात्र देख्नु भयो । त्यसैलाई आधार मानेर अरू त के के न भए होला भन्ने ठानेर कमेन्ट गर्नु भएको होला जस्तो लाग्छ ।’
उनले आफ्नो अनुभूतिमा बिहेमा त्यस्तो उधुम तडकभडक केही नपाएको स्पष्ट पारे । ‘यहाँ रिसोर्टका हलहरू बुकिङ गरी बढो तामझाम सहितका अन्य विवाहहरू पनि थिए’, उनको भनाइ छ, ‘यो विवाह समारोह सामान्य पिकनिक गर्ने चौर जस्तैमा आयोजना भएको थियो । भिईपीहरुको लागि छुट्टै स्पेसल भन्ने पनि केही थिएन । बेकारमा कसैले टाउको नदुखाउनु होला !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
आजदेखि वाइसीएलको सम्मेलन
-
आईसीसीको नयाँ नियमले बलर उत्साही, देख्न पाइनेछ ‘रिभर्स स्विङ’को कमाल
-
चार दिनदेखि बेलबारीका चार बालिका बेपत्ता
-
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
-
मानव तस्करीको नयाँ ‘ट्रेन्ड’ भिजिट भिसा : सेटिङ मिले विदेश, नमिले घर फिर्ता
-
भिजिट भिसा : राज्यमाथिको विश्वास टुट्दै जानु खतरनाक संकेत हो