रेनु दाहालको छोरीको बिहेबारे बेकारमा कसैले टाउको नदुखाउनु होला: हिमाल शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्माले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी छोरीको विवाहमा अनावश्यक रूपमा कसैले टाउको दुखाउन आवश्यक नरहेको बताएका छन् । उनले वैवाहिक समारोहमा उपस्थित हुनेहरूले विवाह सोचेभन्दा सामान्य लागेको बताए पनि नपुगेकाहरूले भने मञ्च हेरेर अनावश्यक कमेन्ट गरेको बताए ।
‘रेनु दाहालकी छोरीको बिहेको कुरालाई कतिपय महानुभावले निकै चासो राखेको र विषयलाई भ्रमित गरेको पाइयो । यसो सरसर्ती हेर्दा जो त्यस समारोहमा उपस्थित हुनुभएको छ, उहाँहरू प्रायः सबैलाई सोचे भन्दा सामान्य नै लागेको छ’, शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उहाँहरुको कुनै नेगेटिभ कमेन्ट भेटिएन । तर जो त्यहाँ पुग्नुभएन, फोटोमा त्यै एउटा फोटो सुटका लागि फूलले सजाइएको सानो सुन्दर मञ्च मात्र देख्नु भयो । त्यसैलाई आधार मानेर अरू त के के न भए होला भन्ने ठानेर कमेन्ट गर्नु भएको होला जस्तो लाग्छ ।’
उनले आफ्नो अनुभूतिमा बिहेमा त्यस्तो उधुम तडकभडक केही नपाएको स्पष्ट पारे । ‘यहाँ रिसोर्टका हलहरू बुकिङ गरी बढो तामझाम सहितका अन्य विवाहहरू पनि थिए’, उनको भनाइ छ, ‘यो विवाह समारोह सामान्य पिकनिक गर्ने चौर जस्तैमा आयोजना भएको थियो । भिईपीहरुको लागि छुट्टै स्पेसल भन्ने पनि केही थिएन । बेकारमा कसैले टाउको नदुखाउनु होला !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण