सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीसँंग ‘सक्किगोनि’ का धतुरेले मनाए जन्मदिन

सोमबार, ०२ पुस २०८०, १३ : १९
सोमबार, ०२ पुस २०८०

काठमाडौँ । कलाकारको जन्मदिन मनाउने आ–आफ्नै शैली छ । केही कलाकार आफ्नो जन्मदिन अनाथ, असायसँग मनाउँछन् भने केही आफन्तलाई बोलाएर भव्य पार्टी गर्छन् । हास्य श्रृखला ‘सक्किगोनी’ का कलाकार सिपी पुडासैनी ‘धतुरे’ले भने जन्मदिन ट्राफिक प्रहरीसँग मनाएका छन् ।

धतुरेले आज सोमबार परेको आफ्नो ४४ औं जन्मदिन सातदोबाटो प्रहरी परिसरमा रहेको ट्राफिक प्रहरीहरुसँग मनाएका हुन् । जन्मदिनको उपलक्ष्यमा बिहानै हातमा खादा र कफी सहित परिसर पुगेका धतुरेले ट्राफिक प्रहरीहरुलाई खादा लगाइदिएर सम्मान गर्दै कफीसमेत खुवाएका थिए । 

हाम्रा लागि दिनरात, घामपानी, धुवाँधुलो केही नभनी सुरक्षाकर्मीको सम्मानका लागि आफुले उनीहरुलाई जन्मदिन मनाएको कलाकार सिपी पुडासैनीले बताए ।

‘हामीले सधै आफ्नो लागि मात्र होइन, कहिले काही अरुको लागि पनि सोच्नुपर्छ’,पुडासैनीले भने– ‘मेरो क्रियाकलापले ट्राफिक प्रहरीमा हौसला मिल्छ ।’ सधै टेलिभिजनको पर्दामा देखेका कलाकार आफ्नो अगाडि देख्दा परिसरका ट्राफिक प्रहरी पनि दंग देखिन्थे । उनीहरुले धतुरेको सम्मान ग्रहण गर्दै फोटोसमेत खिचाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप