बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

‘राजा राजेन्द्र पोख्रेल हाँस्य व्यंग्य साँझ' भोलि

आइतबार, २५ चैत २०७४, २२ : ४६
आइतबार, २५ चैत २०७४

काठमाडौं–हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेलले ‘राजा राजेन्द्र पोख्रेल हाँस्य व्यंग्य साँझ २०७४’ गर्ने भएका छन् |
 पोखरेलले सोमबार आर्मी अफिसर्स क्लब भद्रकालीमा हास्यब्यङग्य साँझ गर्न लागेका हुन् |  साँझ ४ बजेदेखि सुरु हुने कार्यक्रममा   अतिथि कलाकारहरु बद्री पंगेनी, राजनराज सिवाकोटी, मिना निरौला, बैंकुण्ठ महत, विश्व नेपाली, साजन राई, सञ्जिव ठकुरी र  शोभा त्रिपाठीको समेत प्रस्तुति  रहनेछ |
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहने कलाकार  राजेन्द्रले बताए | 
 राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजना र रेडियो अडियोको प्रस्तुतिमा ‘राजा राजेन्द्र पोख्रेल हाँस्य व्यङ्ग्य साँझ २०७४’  हुन लागेको हो |

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप