शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

इजिप्टकाे राष्ट्रपतिमा सिसी पुनः निर्वाचित

सोमबार, ०२ पुस २०८०, २० : १९
सोमबार, ०२ पुस २०८०

कायरो । इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसी ८९ दशमलव छ प्रतिशत मतका साथ छ वर्षको नयाँ कार्यकालका लागि विजयी भएको निर्वाचन प्राधिकरणले सोमबार घोषणा गरेको छ । प्राधिकरण प्रमुख हेजेम बदावीका अनुसार इजिप्टमा ६६ दशमलव आठ प्रतिशत ‘अभूतपूर्व’ मतदान भएको छ । 

एक दशकसम्म सबैभन्दा धेरै जनसङ्ख्या भएको अरब मुलुकमा शासन गर्ने पूर्वसेनाप्रमुख सिसीको पक्षमा तीन करोड ९० लाखभन्दा बढीले मत दिएका थिए । डिसेम्बर १० देखि १२ सम्म भएको मतदानमा राष्ट्रपतिको लडाइँ तीन अज्ञात आफन्तसँग थियो । रिपब्लिकन पिपुल्स पार्टीको नेतृत्व गर्ने उपविजेता हेजम उमरलाई चार दशमलव पाँच प्रतिशत मत हासिल भयो । 

त्यसपछि वामपन्थी झुकाव भएको इजिप्टको सोसल डेमोक्रेटिक पार्टीका नेता फरित जहरान र एक शताब्दी पुरानो तर अपेक्षाकृत सीमान्त पार्टी वफदबाट अब्देल–सनद यामामा क्रमशः तेस्रो र चौथो स्थानमा आए । अब सिसी अप्रिलदेखि सुरु हुने आफ्नो तेस्रो र संविधानअनुसार अन्तिम कार्यकाल पूरा गर्नका लागि तयार हुनेछन् । 

इजिप्ट आफ्नो अहिलेसम्मको सबैभन्दा खराब आर्थिक सङ्कट र छिमेकी गाजामा इजराइल–हमास युद्धका कारण व्यापक तनावले घेरिएको भए पनि सिसीको जित कुनै आश्चर्यको कुरा होइन । 

इजिप्टमा मुद्रा खस्किएको छ र वार्षिक मुद्रास्फीति ३६ दशमलव चार प्रतिशतमा चलिरहेको छ । यसबाट साताका क्रममा केही खाद्य पदार्थको मूल्य बढ्दा घरेलु बजेट प्रभावित भइरहेको छ । वर्तमान आर्थिक सङ्कटअघि पनि इजिप्टको १० करोड ६० लाख जनसङ्ख्यामा करिब दुई तिहाइले गरिबीको रेखामुनि वा त्योभन्दा तलको जीवन गुजारा गरिरहेका थिए ।-(रासस/एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप