बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पुर्याउँछौँ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पुर्याउने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेपाल बीमा प्राधिकरणले सोमबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशवासीलाई शिक्षा, स्वास्थ्य, विपदलगायतको क्षेत्रमा सहज र सुलभ सेवा प्रदानका लागि प्रदेशवासीलाई बीमाको पहुँच पुर्याउने बताएका हुन् ।
‘अहिले आगलागीका घटनाहरु नै धेरै भइरहेको अवस्थामा सरकारले राहत स्वरुप निर्देशिका अनुसार अधिकतम ५० हजार उपलब्ध गराउँदै आएको छ,’ उनले भने, ‘तर त्यो प्रयाप्त छैन, हामीले त्यसलाई बीमासँग जोड्न सकियौँ भने पिडितलाई थप राहत महसुस हुन्छ ।’
मुख्यमन्त्री कार्कीले बीमा पहुँचमा हुनेको भन्दा पनि नहुनेको घरसम्म पुर्याउनु पर्ने र सेवा प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले बाख्रा र बंगुरको बीमामा भुक्तानीका लागि बीमा कम्पनीहरुले निकै झण्झटिलो अवस्था निर्माण गरेको प्राधिकरणको ध्यानाकर्षण गराए ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रमेशकुमार सिंहले सडकलगायतका भौतिक संरचना निर्माणमा हालसम्म बीमामा गरेको लगानी बालुवामा पानी साबित भएको तर्फ प्राधिकरणको ध्यानाकर्षण गराएका थिए ।
नेपालको वित्तीय क्षेत्र सुधार रणनीति अन्तर्गत गाउँ गाउँसम्म बीमाको पहुँच पुर्याउन तीन तहको सरकारसम्म पुग्ने प्रयास गरिरहेको बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । सिलवालले बीमा गरिएका बाख्रा र बंगुर मरेपछि किसानहरुले अत्यधिक मूल्य दाबी गर्ने गरेकाले चुनौतीपूर्ण भएको स्विकारे । उनले सडक तथा भौतिक संरचना निर्माण क्षेत्रको बीमामा भएको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण