जनकपुरधाममा २५ जोडी वरवधूको निःशुल्क विवाह
महेन्द्रनगर । विश्व हिन्दु परिषद्ले आज जनकपुरधाममा २५ जोडी वरवधूको निःशुल्क विवाह गराएको छ । परिषद् अध्यक्ष सन्तोष साहको सक्रियतामा जनकपुरधामको जानकी मन्दिरमा शुभ विवाहको कार्यक्रम आयोजना गरिएको हो ।
भगवान् श्रीराम तथा माता सीताको शुभ विवाह भएको अवसर पारेर जनकपुरधाममा सामूहिक निःशुल्क विवाहको आयोजना गर्नुभएको परिषद्का केन्द्रीय सदस्य डा मनोहर साहले बताए ।
सामूहिक शुभ विवाहका लागि लगन आवश्यक नभएको कारणले शुभ विवाहको आयोजना गरेको पनि परिषद्का केन्द्रीय सदस्य साहले बताए ।
विवाहमा बेहुला तथा बेहुलीका लागि आवश्यक पर्ने कपडा, एक थान पोतेसहितका आवश्यक पर्ने सबै सामग्री परिषद्ले निःशुल्क रुपमा उपलब्ध गराएको थियो । विवाहलाई कम खर्चिलो तथा ऐतिहासिक बनाउन निःशुल्क विवाहका लागि गरिब तथा विपन्न वर्गका बेहुलाबेहुलीको छनौट गरिएको केन्द्रीय सदस्य साहले बताए ।
विवाहमा आउने जन्ती तथा परिवारलाई भोजन तथा आवासको व्यवस्थापन कलवार धर्मशालामा परिषद्ले नै गरेको छ । विगत पाँच वर्षदेखि विश्व हिन्दु परिषद्ले सामूहिक विवाहको आयोजना गर्दै आएको छ । यसले विवाहमा हुने भड्किलो खर्चमा कमी आउनाका साथै अर्थका कारणले विवाह हुन नसकेकालाई राहत मिल्ने गरेको विवाहमा आएका बेहुली पक्षका आफन्तहरुले बताएका छन् ।
विश्व हिन्दु परिषद् नेपालले विगत चार वर्षदेखि जनकपुरधाममा विवाह पञ्चमीको भोलिपल्ट सामूहिक विवाह कार्यक्रम गर्दै आएको छ । विवाहका नाममा लिने दाइजो (दहेज) प्रथालाई चुनौती दिँदै ती जोडीहरुलाई आदर्श विवाह गरिएको हो । प्रत्येक जोडीका लागि छुटाछुट्टै मण्डप अर्थात् मडबा बेदी बनाइएको जिल्ला अध्यक्ष सन्तोष साहले बताए । सामूहिक विवाहका लागि जनकपुरका सहयोगी हातहरुले सहयोग गरेका थिए ।
आयोजकले विवाहपूर्व झाँकी पनि निकालेर नगर परिक्रमा गरेको थियो । जनकपुरधाम रामसीताको विवाहस्थल भएकाले वैवाहिक संस्कार विकास गर्न र देश विदेशबाट यहाँ व्यक्तिहरू विवाहका लागि आउने वातावरण तयार गर्न नै परिषद्ले सनातन परम्पराको सामूहिक विकास हेतु सामूहिक विवाहको कार्यक्रम आयोजना गरेको केन्द्रीय सदस्य डा मनोहर साहले बताए । गरिब र असहायलाई विवाहमा लाग्ने भारी खर्चबाट पनि जोगाउनु सबैभन्दा ठूलो दान कन्यादानको अवसर सबैले पाऊँन् भन्ने वातावरण तयारी लागि पनि यो अवसर उपयुक्त हुन्छ भनेर नै यो सामूहिक विवाह उत्सव अवसरका रुपमा रहेको केन्द्रीय सदस्य साहले बताए ।
आज बिहान कलवार कुट्टीमा वरवधू पक्षलाई भोजनपश्चात् नगर परिक्रमा गराएको थियो । विश्व हिन्दु परिषद् नेपालले गरेको सामूहिक विवाहको आह्वानमा तराई मधेसको विभिन्न जिल्लाका बेहुलाबेहुली पक्षले विवाहका लागि फारम भरेका थिए । कानुनअनुसार बेहुलाबेहुलीको विवाह गर्ने उमेर पुगेको हुनुपर्ने सर्त राखिएकाले २० वर्षमाथिका बेहुलाबेहुलीको अभिभावकले फाराम भरेको थियो । आवेदन फाराममा वर र वधूको उमेर खुल्ने नागरिकता वा जन्मदर्ता संलग्न गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण