गठबन्धनको ध्येय सुशासनमा छ : मन्त्री गुरुङ
मलेखु । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वर्तमान सरकारको पहिलो ध्येय सुशासन भएको बताएका छन् । सरकारले भ्रष्टाचारका फाइल खोलेर भ्रष्टाचारीलाई कानुनी कठघरामा उभ्याउने लक्ष्यका साथ अगाडि बढेको उनले स्पष्ट पारे ।
धादिङको ज्वालामुखी गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै उनले भने, “देशमा चलखेल भइरहेको छ । कोही सरकार ढाल्ने दाउमा छन् । कोही देशको व्यवस्था नै ढाल्दिन्छम भन्नेहरू पनि छन् । हामीले देश र जनताका लागि राजनीति गरेका हौँ । व्यवस्थालाई दोष होइन नेता आफैँ सुध्रिनुपर्छ ।”
देशका विकृति तथा विसङ्गतिहरू निर्मूल पार्न सम्बन्धित मन्त्रालयबाट कानुन बनाएर ल्याउने र विधेयक तयार पार्नुपर्नेमा मन्त्री गुरुङको जोड थियो । अन्य मन्त्रालयले सुशासनका विषयमा विधेयक ल्याए कानुन मन्त्रालयले सहमति दिनुपर्ने बाध्यता रहेको उनले बताए । “मैले मात्र लेख्न मिल्ने भए खुरुखुरु दर्जनौँ कानुन लेख्ने थिएँ । नेपाली जनताको न्याय गर्ने थिएँ,” उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण