नेपाल सुपर लिग : आज इलामले ललितपुर र बुटवलले पोखराको सामना गर्ने
मङ्गलबार, ०३ पुस २०८०, ०६ : ४२
काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा स्पोर्टिङ इलाम एफसीले ललितपुर सिटी एफसीको सामना गर्ने भएको छ । खेल दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुनेछ ।
आजै हुने अर्को खेलमा बुटवल लुम्बिनी एफसीले पोखरा थन्डर्सको सामना गर्ने भएको छ । यो खेल साँझ पाँच बजे सुरु हुनेछ ।
यसअघि हिजो भएको धनगढी एफसी र काठमाडौँ रेजर्सबिचको खेल बराबरीमा सकिएको थियो । धनगढी र काठमाडौँबिचको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण