कविता : आश
आज पनि उही दिन
उही याद
उही बिहानी, उही साँझ
यी अनिश्चित आशाहरूको उही भण्डार
र भ्रमको धागोमा अल्झिएका
यी अपेक्षाहरूको हरदिन उही सिकार
सोच्छु दिनले पनि त हरेक पल
रातलाई पछ्याइरहेको छ
यी सामूहिक यादहरूको बेग्लै संसार
जहाँ तिम्रा पाइलाले मलाई पछ्याउँदै छन्
र हरेक बढ्दो पाइलासँगै
यी हात तिम्रा हातको छातीमा
आभाषको भाव खोज्दै छन्
तब लाग्थ्यो,
यो दुनियाँ हाम्रै यी बाँधिएका दुई हातमा अडिएर बसेको छ
मानौँ यो हावाले ती रुखका पात हाम्रै लागि नचाउँदै छ
यी फूलहरूले हाम्रो मायाको सुगन्ध सापटी लिएर बाढ्दै छन्
जहाँ समय पनि थामिएर हाम्रा लागि विश्राम गर्दै छ
यी हातले तिम्रो हरेक स्पर्श चोखै सँगालेर राखेका छन्
ताकि जब तिमी आउनेछौ
तिम्रो मुहार हेर्न तर्सिएका यी नयनले
बिनाप्रश्न तिमीलाई पूरै अँगाल्ने छन्
दिनहुँ खुसीको ढोग गरिरहेका यी ओठ
तब निर्लज्ज मुस्कुराउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण