देशवासीका नाममा विशेष सम्बोधन गर्ने प्रधानमन्त्रीकाे तयारी
मङ्गलबार, ०३ पुस २०८०, १० : २०

काठमाडौँ । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीको नाममा विशेष सम्बोधन गर्ने तयारी गरेका छन् । दाहाल प्रधानमन्त्री नियुक्त भएको आगामी मंगलबार एक वर्ष पूरा हुँदै छ ।
त्यही अवसरमा प्रधानमन्त्री प्रचण्डले देशवासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । प्रधानमन्त्री दाहाल आफैँले एक वर्षपछि नयाँ ढङ्गले काम गर्न चाहेको बताउँदै आएका छन् ।
दाहालले सोमबारमात्रै पनि आफ्नो कार्यकालको दोस्रो वर्षलाई विशेष बनाउन चाहेको बताएका थिए । ‘एक वर्षपछि अर्को ढङ्गले काम गर्न चाहन्छु । प्रदेश र स्थानीय तहलाई बलियो बनाउनका लागि मैले फरक ढङ्गले काम गर्न लागेको छु,’ सोमबार ललितपुर महानगरपालिकाको स्थापना दिवस समारोहमा प्रधानमन्त्री दाहालले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री
-
कृषिमा आयात प्रतिस्थापन गर्न यान्त्रिकीकरणमा जोड दिँदैछौँ– मन्त्री अधिकारी
-
पुर्खाको थलो गोरखा आउन पाउँदा निकै खुसी लाग्यो : पूर्वराजा शाह
-
जनमत पार्टी सांसदका श्रीमान् नै जसपा नेपाल प्रवेश
-
आर्थिक समृद्धिका लागि पानीको उपयोग गर्नुपर्छः उर्जामन्त्री
-
मनकुमारी