पुस १० गतेदेखि चितवन पर्यटन तथा हात्ती महोत्सव हुने
काठमाडौँ । पुस १० गतेदेखि चितवन पर्यटन तथा हात्ती महोत्सव सञ्चालन हुने भएको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराइएको हो ।
चितवनको सौराहामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनको लागि क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाईटेड हात्ती सञ्चालन स.सं.लि.र रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपालको सह–आयोजनामा महोत्सव हुने भएको आयोजकले जनाएको छ । महोत्सव पुस १० बाट १४ गतेसम्म सञ्चालन हुनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै होटल एशोसिएशन नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठले कोरोना भाइरसको महामारीबाट रोकिन गएको महोत्सव फेरि सुरु गर्न लागेको बताए । विश्व सम्पदा सूचीमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरुलाई आकर्षित गराउँदै चितवनको पर्यटन क्षेत्रलाई महत्त्वपूर्ण गन्तव्य स्थलको रुपमा चिनारी गराउनुसमेत यस महोत्सवको अभिप्राय रहेको बताए ।
श्रेष्ठले पर्या–पर्यटन सम्बन्धित गतिविधिहरु र स्थानीय उत्पादनहरुलाई बजारीकरण गर्दै राष्ट्रिय स्तरसम्म पहिचान गराउन सक्नु महोत्सवको लक्ष्य रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेस्क चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
-
कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण