समाचार
किर्ते कागजात प्रकरण : नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बित
मङ्गलबार, ०३ पुस २०८०, १६ : १३

काठमाडौँ । नेपाल वायुसेवा निगमले दुई कर्मचारीलाई निलम्बन गरेको पत्र काटेको छ । निलम्बन पर्नेमा यात्रुसेवा विभागका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव रहेका निगमका मानव संसाधन विभागका प्रमुख अशोक सिग्देलले रातोपाटीलाई बताए ।
पोखरेल र यादव नक्कली कागजातका आधारमा कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा गत मंसिर १९ गते पक्राउ परेका थिए । प्रहरीले आज पोखरेल र यादव पक्राउको जानकारी गराएपछि उनीहरुलाई निलम्बनको पत्र काटिएको सिग्देलले बताए ।
अध्यागमन र विभिन्न एयरलाइन्सका कर्मचारीकै मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाइने गरेको खुलासा यसअघि प्रहरीले गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधव नेपालको एन्जिओप्लास्टी सर्जरी
-
प्ले–अफ चरणमा पुग्न आतुर बेंगलुरु र जित्नै पर्ने दबाबमा रहेको लखनउ आपसमा भिड्दै
-
भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्सल तैनाथ
-
डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै युवतीले ठगिन् २० लाख
-
पोपमा निर्वाचित हुने पहिलो अमेरिकी बने रोबर्ट प्रिभोस्ट
-
कोशी प्रदेश ‘प्रथम’ लगानी सम्मेलनको उपलब्धि