सुपर लिगमा आज झापा एफसी र धनगढीबिच प्रतिस्पर्धा
बुधबार, ०४ पुस २०८०, ०६ : ४०
काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज झापा एफसी र धनगढीबिच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ पाँ बजेबाट सुरु हुनेछ ।
यसअघि हिजो भएको खेलमा स्पोर्टिङ इलामले ललितपुर सिटी एफसीलाई पराजित गरेको थियो । इलामले ललिपुरलाई १–० ले गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । प्रतियोगितामा ललितपुरको पहिलो हार हो । यस हारसँगै सात खेल खेलेको ललितपुर १० अङ्कसहित तेस्रो स्थानमा छ । जितसँगै इलाम आठ खेलबाट ८ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ ।
हिजो नै भएको अर्को खेलमा विजयी भएको पोखरा थन्डर्स शीर्ष स्थानमा उक्लिएको छ । बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले हराउँदै पोखराले प्लेअफमा स्थान सुरक्षित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण