एआईको नाममा प्याटेन्ट नहुने
लन्डन । प्याटेन्टसम्बन्धी आवेदनमा अन्वेषकको रूपमा कृत्रिम बौद्धिकताको नाम राख्न अनुमति दिनु पर्ने याचिका खारेज गर्ने यस अघिको निर्णयहरूलाई बेलायती सर्वोच्च अदालतले सही ठहर्याएको छ । प्राविधिज्ञ डा. स्टेफन थेलरले डाबुस भनिने आफ्नो एआईलाई फुड कन्टेनर र फ्ल्याशिङ लाइट बिकनको आविष्कारकर्ताको रूपमा मान्यता दिलाउन खोजेका थिए ।
तर सन् २०१९ मा बौद्धिक सम्पत्ति कार्यालय (आईपीओ)ले यो अनुरोधलाई खारेज गरिदियो । त्यतिबेला उक्त कार्यालयले आविष्कारकर्ताको रूपमा व्यक्तिलाई मात्रै राख्न मिल्ने भन्दै सो अनुरोध अस्वीकृत गरेको थियो । यो निर्णयको विरुद्ध थेलर उच्च अदालत र पुनरावेदन अदालतसम्मै पुगे ।
अदालतहरूले एआई नभएर मान्छेमा मात्रै प्याटेन्ट अधिकार हुने भन्ने धारणालाई सपोर्ट गरेको तर्क आईपीओ थियो । अहिले सर्वोच्च अदालतका पाँच जना न्यायाधीशहरूको समूहले ती निर्णयलाई उल्ट्याउने अनुरोधलाई खारेज गरेका छन् । आविष्कारकर्ता व्यक्ति नै हुनु पर्ने अनि एआईको पोल्टामा प्याटेन्ट अधिकार दिन नसकिने फैसला गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण