नेपाल इन्जिनियरिङ कलेजले भूकम्प प्रभावित विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा
काठमाडौं । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई नेपाल इन्जिनियरिङ कलेजले छात्रवृत्ति दिने घोषणा गरेको छ । कलेजले कार्तिक १७ गते जाजरकोट र रुकुमपश्चिम क्षेत्रमा गएको भूकम्पबाट प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई पाँच वटा पूर्णछात्रवृत्ति दिने घोषणा गरेको हो ।
कलेजले स्नातक तह अन्र्तगत आर्किटेक्चर, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियङि, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ र ब्याचलर फर डिप्लोमा होल्डर्सको लागि सिभिल इन्जिनियरिङ कार्यक्रम मध्ये ५ वटा सिटमा छात्रवृत्तिको घोषणा गरेको हो । ‘भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिमका नागरिक आक्रान्त बनिरहेको अवस्थामा उनीहरुका छोराछोरीका लागि अध्ययन अध्यापनमा सहयोग पुगोस् भनेर हामीले स्नातक तहमा ५ वटा सिट छुट्याएका हौं ।’ शैक्षिक सत्र २०२३ का लागि उक्त छात्रवृत्ति घोषणा गरिएको भन्दै कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले बताए ।
कलेजे छात्रवृत्ति प्रवेश परीक्षाको मेरिट सूचीअनुसार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नेछ । विद्यार्थीलाई छात्रवृत्ति प्राप्त गर्न कक्षा ११ र १२ को मार्कसिट, कलेजले लिने प्रवेश परीक्षाको प्राप्ताङ्क, नागरिकता प्रमाणपत्र, भूकम्प प्रभावित क्षेत्रमा स्थायी बसोबास भएको तथा सम्बन्धीत स्थानीय निकायको भूकम्प पीडित भनी सिफारिस गरेको पत्र आवश्यक पर्दछ ।
कलेजले सरकारी वा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुलाई प्राथमिकतामा राख्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण