शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अस्ट्रिचको बोसोबाट वैकल्पिक औषधि

सोमबार, २६ चैत २०७४, १२ : ११
सोमबार, २६ चैत २०७४

अस्ट्रिचको मासुको प्रयोग 
आजभोलि आम उपभोक्ता एवम् जनसमुदायमा स्वस्थ्यकर खाद्य सामग्रीप्रति जनचेतना भएको हँुदा अस्ट्रिचको मासुको माग बढ्दो छ । अन्य पशुपक्षीमा बेलाबेलामा दखापर्ने विविधखाले सङ्क्रामक सरुवा तथा सम्र्पकित रोगका कारण विकल्पका रूपमा यसतर्फ आर्कषित हुन पुगेका छन् । हाम्रो आफ्नै परिवेशमा पनि परिस्थिति फरक छैन । अस्ट्रिचको मासुमा बोसो न्यून १.५ प्रतिशतभन्दा कम हुन्छ । अरूखाले मासुसँग तुलना गर्दा यो गाढा रातो नरम तथा सुगन्धित सिकार गरिने मृग, चित्तलको जस्तो स्वादको हुन्छ, जसबाट विविधखाले मासुका परिकार बनाउन सकिन्छ ।

यसको मासुको स्वाद थोरै समयमा पकाउँदा बढेर जान्छ । बरु अन्यखाले मासुजस्तो  गरी धेरै समय पकाए स्वाद खल्लो तथा मासु चाम्रो भएर जान्छ । बढी प्रयोगमा ल्याइने मासुका लागि यस प्रजातिका भागहरू तिघ्राको मांसपेशी तथा पिठ्युँको मांसपेशी मानिन्छ । छाती,  मेरुदण्ड तथा घाटीको मासु हाडसहितको हुने हुँदा सुप खान सकिन्छ । यसको मासु कोलेस्ट्रोलमुक्त हुन्छ ।

व्यवसायीले यसको मासुको उपयोगिता बारे आम जनमानसको घरेलु प्रयोजन तथा होेटल, रेस्टुरेन्ट, पार्टी प्यालेसका खानाको सूचीपत्रमा समावेश गराउन प्रचार प्रसार एवम् प्रवद्र्धधन गर्ने हो भने आजका आम उपभोक्तामा स्वस्थ्य शुद्ध स्वस्च्छ खानेकुराप्रति देखिएका जागरुकताले गर्दा अस्ट्रिचको मासुको  माग बढ्ने निश्चित देखिने सम्भावना छ ।

यसको मासुलाई एथ्लेटिक्स मिट पनि भनिन्छ । त्यसबाहेक वैकल्पिक औषधिप्रति जनमानसमा देखिएको बढ्दो अभिरुचिका कारण यसबाट उत्पादित बोसोबाट प्रशोधित तेलमा ओयलिक एसिड हुन्छ । त्यसले गर्दा व्यापारिक सम्भावना बढी छ ।

अस्ट्रिचको  बोसोबाट उत्पादित तेल :
अस्ट्रिचको बोसोमा पालमिटिग एसिड बाइस प्रतिशत पालमिटोलेइक एसिड पाँच प्रतिशत स्टिइरिक एसिड आठ  प्रतिशत ओलेइकएसिड त्रिचालीस प्रतिशत लिनोलेइकएस्डी बीस प्रतिशत लिनोलेनिक एसिड दुई प्रतिशत हुने गर्छ । अस्ट्रिचको तेल भिटामिन ए र इ तथा ओमेगा एसिड तीन, छ र नौ को प्रचुरता भएको प्राकृतिक स्रोत मानिन्छ । यसमा एन्टी इफ्लामेटेरी  गुणहरू हुने गर्छ र छालामा दल्दा भित्रसम्म पस्न सक्ने क्षमता पनि हुन्छ ।

अस्ट्रिचको तेल निम्न प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ 
साधारण मर्केको दुखेको साथै घाउ चाँडै निको पार्छ । प्रतिकूल मौसमी अवस्थामा हावाहुरी तथा सूर्यको तापबाट छालालाई रक्षा गर्ने हुँदा छालामा लगाउने क्रिम लोसनका रूपमा प्रयोग गर्न सकिन्छ । यो तेललाई सौन्दर्य प्रसाधन तथा स्वास्थ्य प्रसाधनका सामग्री जस्तै स्याम्पु सावन बनाउन प्रयोग गर्न सकिन्छ । यसको तेलले मुटुको धड्कन रगतको चाप रगत जम्ने गर्भ ठह¥याउने शरीरका कृयाकलापलाई टेवा दिन्छ ।

यसको तेल डण्डीफोर, बाथको रोग, जोर्नीसम्बन्धी रोग फाइब्रोमाइएलजिया सिरोसिस खुट्टाको पैताला फाट्ने जस्ता रोगको उपचारका लागि प्रयोग गरिन्छ भने दाग, खत बस्ने रोक्न तथा इकजिमाको उपचार तथा दुखाइ व्यवस्थापनको लागि उपयोगी मानिन्छ । त्यसकारण शुद्ध प्राकृतिक रूपमै प्रयोग गर्न सकिन्छ । सौन्दर्य प्रशोधन तथा औषधिजन्य उत्पादन गर्ने उद्योगमा खपत हुने गर्छ ।

अस्ट्रिचको तेलले जीवाणुको सङ्ख्या वृद्धिमा अवरोध गर्छ । यसको तेल लगाउँदा छाला च¥याउने पोल्ने जस्तो केही हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. केदार कार्की
डा. केदार कार्की
लेखकबाट थप