चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु, १३ घाइते
साङ्घाई । उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा १३ जना घाइते भएको राज्य नियन्त्रित सञ्चारमाध्यमले बिहीबार जनाएको छ ।
स्थानीय समय अनुसार घटना दिउँसो ३ः५० बजे हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भागस्थित कोइला खानीमा भएको राज्य प्रसारक सिसीटिभीले जनाएको छ ।
दुर्घटनामा १२ जनाको मृत्यु तथा १३ जना घाइते भएको र घाइतेलाई उपचारको लागि अस्पताल पठाएको तथा थप अनुसन्धान भइरहेको सिसीटिभीले जनाएको छ ।
आधिकारिक तथ्याङ्क अनुसार गत वर्ष मात्र एक सय ६८ वटा खानी दुर्घटनामा दुई सय ४५ जनाको मृत्यु भएको थियो ।
गत नोभेम्बरमा हेलोङजियाङस्थित कोइला खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो ।
यसैगरी सेप्टेम्बरमा चीनको गोन्झाउ प्रान्तको एक कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको थियो ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण