सीमामा गोलाबारीपछि हिजबुल्लाहद्वारा इजरायलमा रकेट आक्रमण
बिहीबार, ०५ पुस २०८०, १४ : ५८
तेल अभिभ । इजरायलले लेबनानको इरान समर्थित हिजबुल्लाहले आफ्ना शहरहरूमा राति रकेट आक्रमण गरेको बताएको छ। यी आक्रमणहरू उत्तरी इजरायलका किरियत शमोना र अन्य सहरहरूमा गरिएका हुन्।
एक दिनअघि इजरायल र लेबनानको सीमामा दुई पक्षबिच गोली हानाहान भएको थियो । अर्कोतर्फ हिजबुल्लाहले इजरायलले लगातार लेबनानी गाउँहरूलाई निशाना बनाउँदै आएको र त्यसको बदलामा रकेट आक्रमण गरेको बताएको छ ।
लेबनानको सरकारी सञ्चारमाध्यमले आफ्नो रिपोर्टमा इजरायलका लडाकु विमानहरूले आफ्नो क्षेत्रमा सीमाको २० किलोमिटर भित्र हवाई हमला गरेको बताएको छ। इजरायलले हिजबुल्लाह कमाण्ड सेन्टरलाई निशाना बनाएको प्रतिक्रिया दिएको छ ।
यसैबिच गोलान हाइट्सको इजरायली क्षेत्रमा सिरियाबाट चारवटा रकेट प्रहार भएको छ, त्यसपछि इजरायली सेनाले सिरियाली सेनाको चौकीमा पनि बमबारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण