सीमामा गोलाबारीपछि हिजबुल्लाहद्वारा इजरायलमा रकेट आक्रमण
बिहीबार, ०५ पुस २०८०, १४ : ५८

तेल अभिभ । इजरायलले लेबनानको इरान समर्थित हिजबुल्लाहले आफ्ना शहरहरूमा राति रकेट आक्रमण गरेको बताएको छ। यी आक्रमणहरू उत्तरी इजरायलका किरियत शमोना र अन्य सहरहरूमा गरिएका हुन्।
एक दिनअघि इजरायल र लेबनानको सीमामा दुई पक्षबिच गोली हानाहान भएको थियो । अर्कोतर्फ हिजबुल्लाहले इजरायलले लगातार लेबनानी गाउँहरूलाई निशाना बनाउँदै आएको र त्यसको बदलामा रकेट आक्रमण गरेको बताएको छ ।
लेबनानको सरकारी सञ्चारमाध्यमले आफ्नो रिपोर्टमा इजरायलका लडाकु विमानहरूले आफ्नो क्षेत्रमा सीमाको २० किलोमिटर भित्र हवाई हमला गरेको बताएको छ। इजरायलले हिजबुल्लाह कमाण्ड सेन्टरलाई निशाना बनाएको प्रतिक्रिया दिएको छ ।
यसैबिच गोलान हाइट्सको इजरायली क्षेत्रमा सिरियाबाट चारवटा रकेट प्रहार भएको छ, त्यसपछि इजरायली सेनाले सिरियाली सेनाको चौकीमा पनि बमबारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप लिग २ क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा
-
‘जेन–जी पुस्तामा ह्युमन टच कम, एक्लोपन बढी छ’
-
म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा
-
राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश
-
प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश
-
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको शुभकामना सन्देश