बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेसले मधेसलाई साथ दिएको छ : महामन्त्री शर्मा

बिहीबार, ०५ पुस २०८०, १६ : ४९
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेस कांग्रेस साथमा उभिएपछि कांग्रेस बलियो भएको बताएका छन् । बिहीबार धनुषामा कांग्रेस मधेस प्रदेश सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

  उनले भने, ‘मधेस कांग्रेस साथमा उभिएपछि कांग्रेस बलियो भएको छ । कांग्रेसले पनि मधेसलाई साथ दिएको छ ।’  कांग्रेसले मधेसलाई विश्वासमा लिएर जाने प्रयास गरेको बताउँदै महामन्त्री शर्माले कांग्रेसले प्रदेशलाई प्राथमिकता दिएकोबताए । ‘कांग्रेसले पहिला राष्ट्रपतिका रुपमा मधेसका रामवरण यादवलाई शितल निवास पठायो ।  कांग्रेस मधेसको पनि कुरा गर्छ । पहाडको पनि कुरा गर्छ । पहाडको पानीले मधेस सिञ्चित गर्नुपर्छ ।’ 

उनले मधेसको सामाजिक विकृति र विसंगतिविरुद्ध युवा जुरुक्क उठ्नुपर्नेमा समेत जोड दिए । शर्माले मधेसको आत्मासम्मानमा कांग्रेस सतिशाल भएर उभिने समेत बताए । उनले भने, ‘मधेस मुस्कुराउनु पर्छ । मुस्कुराउँदा दागरहित मुहारमा मधेस मुस्कुराउनुपर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप