स्कुटर चोरी गर्ने युवक ललितपुरबाट पक्राउ
ललितपुर । ललितपुरमा चोरीको स्कुटरसहित एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थली घर भई ललितपुर गोदावरी नगरपालिका-१२ ठेचोमा डेरा गरी बस्ने २२ वर्षीय आमोस तामाङ रहेका छन् ।
गोदावरी नगरपालिका-१२ ठेचोस्थित हिरानाथ महर्जनले सञ्चालन गरेको पसलभित्र पार्किङ गरी राखिएको बा.५८ प २३१८ नम्बरको स्कुटर, हेल्मेट, नगद लगायत अन्य धनमाल चोरी गरेको अभियोगमा तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । चोरी घटनाको अनुसन्धान गर्ने क्रममा गोदावरी नगरपालिका-१२ ठेचोमा उनलाई फेला पारी सोधपुछ गर्ने क्रममा उनले उक्त स्कुटर गत मंसिर १५ गते चोरी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
साथै उनले बागमती एएए ६४५१ नम्बरको स्कुटरसमेत काठमाडौँबाट चोरी गरी आफू बस्ने ठाउँमा पार्किङ गरी राखेको खुल्न आएको छ । उनी उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी अनुमति प्राप्त गरी आवश्यक कारबाही भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण