एक वर्षे बीएडको विकल्पमा त्रिविले ल्यायो नयाँ कोर्ष
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले एक वर्षे बीएडको विकल्पमा नयाँ कोर्षका लागि विद्यार्थी भर्ना आह्वान गरेको छ । त्रिवि शिक्षाशास्त्र संकाय डीनको कार्यालयले एक वर्षे बीएडको विकल्पमा सेमेप्टर प्रणालीमा आधारित ३ सेमेस्टरको अधिस्नातक तह पीजीडी एजुकेशन (पीजीडी.ईडु) कार्यक्रमको लागि भर्ना आह्वान गरेको हो ।
तीन सेमिस्टरमा पढाई हुने गरी विभिन्न १४ वटा विषयमा पीजीडी एजुकेशन कार्यक्रमका लागि भर्ना खुलाएको हो । शिक्षा संकाय बाहेकबाट स्नातक गरेका शिक्षक बन्न चाहनेले उक्त कार्यक्रममा भर्ना हुन सक्ने त्रिविले जनाएको छ । उक्त कार्यक्रम त्रिवि केन्द्रीय क्याम्पससहित देशभरका १३ वटा क्याम्पसबाट पढाई हुनेछ ।
प्रथम सेमिस्टरमा भर्नाका लागि पुस ६ गतेदेखि माघ ११ गतेसम्म आवेदन बुझाउन सकिनेछ । जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण विद्यार्थीहरूले तोकिएको विषयमा भर्नाका लागि आवेदन दिन सकिनेछ । उक्त कार्यक्रमका लागि माघ १४ गते प्रवेश परीक्षा हुनेछ भने माघ २१ गतेबाट कक्षा सञ्चालन हुनेगरी सूचना निकालेको छ ।
उक्त शैक्षिक कार्यक्रममा साइन्स एजेकेशन, म्याथमेटिक्स एजुकेशन, अंग्रेजी एजुकेशन, नेपाली एजुकेशन, इकनोमिक्स एजुकेशन लगायतका १४ विषय रहेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण