२०२४ मा २० हजार नेपाली रोमानिया जान पाउने

काठमाडौँ । सन् २०२४ मा २० हजार नेपाली रोमानिया जान पाउने भएका छन् । सन् २०२४ का लागि २० हजार भिसा स्वीकृति भएको हो ।
गत असोज १९ मा नेपाल र रोमानियाबिच द्विपक्षीय श्रम समझदारी भएको थियो । उक्त समझदारीसँगै नेपालबाट औपचारिक रूपमा श्रमिकहरू रोमानिया जान थालेका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले सन् २०२४ का लागि २० हजार भिसा स्वीकृत भइसकेको बताए । रोमानियासँग कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि श्रम समझदारी भएको थियो ।
यूरोपेली मुलुकहरूमध्ये रोमानिया नेपालीहरूका लागि श्रम गन्तव्य मुलुकको रूपमा विकसित हुँदै आएको छ । रोमानियासँग श्रम समझदारी नहुँदा दलालमार्फत लाखौं रुपैयाँ तिरेर व्यक्तिगत श्रम स्वीकृति लिएर जाने गरेका थिए । उक्त श्रम समझदारीपछि मेनपावर कम्पनीहरूमार्फत संस्थागत रूपमा कम लागतमा रोमानिया जाने बाटो खुलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साविक विजेता सैनिक महाविद्यालयले क्रिएटिभ स्कुललाई हरायो
-
छिमेकीबिच तनाव भएको बेला सरकारलाई कूटनीतिक जिम्मेवारी बोध गर्न साउदको माग
-
विद्युत् प्राधिकरणको घाटाबारे ऊर्जामन्त्रीसँग जवाफ माग
-
प्रचण्डले बाेलाएकाे बैठक अन्तिम समयमा स्थगित
-
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल’मा डा.सुमीले जितिन् दुई अवार्ड
-
फेरि किन सर्यो लोसपाको महाधिवेशन ?