यु–१९ राष्ट्रिय बास्केटबल : बूढानीलकण्ठको जित
बिहीबार, ०५ पुस २०८०, २० : २५
बूढानीलकण्ठले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा बिहीबार जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बूढानीलकण्ठले काभ्रे एकेडेमीलाई ७९–६५ ले पराजित ग-यो । बूढानीलकण्ठका तेन्जिङ शेर्पाले २७ स्कोर गरे ।
पुरुषमै गोल्डेन गेटले समृद्धिलाई ८९–३७, सीसीआरसीले ह्वाइटहाउसलाई ६८–५४, टाइम्सले रोयल्सलाई ७७–५५ र ग्रिनफिल्डले बौद्ध युथ क्लबलाई ८८–७३ ले हराए । गोल्डेन गेटका उर्गेन लामाले २०, सीसीआरसीका प्रनिशले १२, टाइम्सका सिमोनले २८ र ग्रिनफिल्डका अमृतले २२ अंक जोडे ।
महिलाको राउन्ड रोविन लिगमा आईएसए नेपालले जेभियर इन्टरनेसनललाई ४२–२६ ले सहजै पाखा लगायो । विजेताकी सन्ध्या डंगोलले १६ अंक जोडिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण