बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

यु–१९ राष्ट्रिय बास्केटबल : बूढानीलकण्ठको जित

बिहीबार, ०५ पुस २०८०, २० : २५
बिहीबार, ०५ पुस २०८०

बूढानीलकण्ठले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा बिहीबार जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बूढानीलकण्ठले काभ्रे एकेडेमीलाई ७९–६५ ले पराजित ग-यो । बूढानीलकण्ठका तेन्जिङ शेर्पाले २७ स्कोर गरे ।

पुरुषमै गोल्डेन गेटले समृद्धिलाई ८९–३७, सीसीआरसीले ह्वाइटहाउसलाई ६८–५४, टाइम्सले रोयल्सलाई ७७–५५ र ग्रिनफिल्डले बौद्ध युथ क्लबलाई ८८–७३ ले हराए । गोल्डेन गेटका उर्गेन लामाले २०, सीसीआरसीका प्रनिशले १२, टाइम्सका सिमोनले २८ र ग्रिनफिल्डका अमृतले २२ अंक जोडे ।

महिलाको राउन्ड रोविन लिगमा आईएसए नेपालले जेभियर इन्टरनेसनललाई ४२–२६ ले सहजै पाखा लगायो । विजेताकी सन्ध्या डंगोलले १६ अंक जोडिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप