विल नतिरेपछि गण्डकीका प्रदेश प्रमुख र मन्त्रीको निवासमा लाइन काटियो
बिहीबार, ०५ पुस २०८०, २० : २८
पोखरा । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ सहित ३ वटा सरकारी निवासमा विद्युत् लाइन काटिएको छ । भौतिक पूर्वाधार मन्त्री रेशम जुग्जाली र आन्तरिक मामिला मन्त्रालयको नाममा रहेको निवासको विद्युत् काटिएको छ ।
विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका अनुसार विद्युत् महसुल समयमा नबुझाएपछि कार्यालयको विद्युत् लाइन काटिएको हो । तीन वटै निवासले २ लाख ५६ हजार भन्दा बढी रकम तिर्न बाँकी छ ।
प्रदेश प्रमुख निवासको ८६ हजार, आन्तरिक मामिला मन्त्रालयको निवासले ७७ हजार तथा भौतिक पूर्वाधार मन्त्रालयको निवासले ९१ हजार रुपैयाँ महसुल तिर्न बाँकी छ । बक्यौता तिरेपछि पुनः लाइन जोडिने केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण