मधेस प्रदेशका मुख्यमन्त्रीलाई मनपरी नगर्न कांग्रेस सहमहामन्त्री यादवको चेतावनी
जनकपुर । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मधेसका मुख्यमन्त्री सरोज कुमार यादवलाई मनपरी नगर्न चेतावनी दिएका छन् ।
जनकपुरधाममा बिहीबार कांग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सहमहामन्त्री यादवले गठबन्धनको मर्म र भावना अनुसार मुख्यमन्त्री यादव नचलेको आरोप लगाए ।
बारामा कांग्रेस कार्यकर्ताको हत्या भएकोमा सहमहामन्त्री यादव मुख्यमन्त्री यादवमाथि आक्रोश पोखे । उनले कांग्रेस कार्यकर्तालाई केही भयो भने चुप लागेर नबस्ने चेतावनी पनि दिए ।
उनले मधेस प्रदेश कांग्रेसको गढ रहेको पुष्टि आजको उपस्थितले देखाइदिएको दाबी गरे । यस्तै उनले सभापति शेरबहादुर देउवालाई बलियाे बनाउनुपर्ने बताए ।
"संघीयता मजबुत पार्नुछ भने हाम्रो पार्टी सभापति शेरबहादुर देउवालाई मजबुत पार्नुस्," उनले भने, "शेरबहादुर देउवा कमजोर हुनु भनेकाे कांग्रेस कमजोर हुनु हाे । कांग्रेस कमजोर हुनु भनेकाे संघीय लाेकतान्त्रिक गणतन्त्र कमजाेर हुनु हाे ।"
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण