आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशका मुख्यमन्त्रीलाई मनपरी नगर्न कांग्रेस सहमहामन्त्री यादवको चेतावनी

बिहीबार, ०५ पुस २०८०, २० : ४७
बिहीबार, ०५ पुस २०८०

जनकपुर । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मधेसका मुख्यमन्त्री सरोज कुमार यादवलाई मनपरी नगर्न चेतावनी दिएका छन् । 

जनकपुरधाममा बिहीबार कांग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सहमहामन्त्री यादवले गठबन्धनको मर्म र भावना अनुसार मुख्यमन्त्री यादव नचलेको आरोप लगाए । 

बारामा कांग्रेस कार्यकर्ताको हत्या भएकोमा सहमहामन्त्री यादव मुख्यमन्त्री यादवमाथि आक्रोश पोखे । उनले कांग्रेस कार्यकर्तालाई केही भयो भने चुप लागेर नबस्ने चेतावनी पनि दिए । 

उनले मधेस प्रदेश कांग्रेसको गढ रहेको पुष्टि आजको उपस्थितले देखाइदिएको दाबी गरे । यस्तै उनले सभापति शेरबहादुर देउवालाई बलियाे बनाउनुपर्ने बताए । 

"संघीयता मजबुत पार्नुछ भने हाम्रो पार्टी सभापति शेरबहादुर देउवालाई मजबुत पार्नुस्," उनले भने, "शेरबहादुर देउवा कमजोर हुनु भनेकाे कांग्रेस कमजोर हुनु हाे । कांग्रेस कमजोर हुनु भनेकाे संघीय लाेकतान्त्रिक गणतन्त्र कमजाेर हुनु हाे ।"

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप