आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिलाई थप १० लाख रुपैयाँ उपचार खर्च प्रदान

इजरायलमा मारिएका विद्यार्थीको परिवारलाई १०–१० लाख रुपैयाँ सहयोग
बिहीबार, ०५ पुस २०८०, २० : ५०
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । नेपाल सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारको खर्च बापत थप ९ लाख ९५ हजार ९३५ रुपैयाँ उपलब्ध गराएको छ । 

अर्थ मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उपचारको खर्चबापत राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७४ बमोजिम आर्थिक सहायता उपलब्ध गराएको हो ।

त्यस्तै, मन्त्रालयले इजरायलमा मारिएका नेपाली विद्यार्थीका परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँको दरले आर्थिक सहायता उपलब्ध गराउन रकम निकासा गरेको छ । इजरायलको दक्षिणी भाग किबुज अलुमिममा हमास समूहको आक्रमणमा पारी नेपाली विद्यार्थीहरूले ज्यान गुमाएका थिए । 

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गत असोज २२ गते परिवार राहत उपलब्ध गराउने निर्णय गरेको थियो । सोही अनुसार जिल्ला प्रशासन कार्यालयहरूलाई मन्त्रालयले रकम निकासा गरेको छ ।

r

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप