राष्ट्रपतिलाई थप १० लाख रुपैयाँ उपचार खर्च प्रदान
इजरायलमा मारिएका विद्यार्थीको परिवारलाई १०–१० लाख रुपैयाँ सहयोग
बिहीबार, ०५ पुस २०८०, २० : ५०
काठमाडौँ । नेपाल सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारको खर्च बापत थप ९ लाख ९५ हजार ९३५ रुपैयाँ उपलब्ध गराएको छ ।
अर्थ मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उपचारको खर्चबापत राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७४ बमोजिम आर्थिक सहायता उपलब्ध गराएको हो ।
त्यस्तै, मन्त्रालयले इजरायलमा मारिएका नेपाली विद्यार्थीका परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँको दरले आर्थिक सहायता उपलब्ध गराउन रकम निकासा गरेको छ । इजरायलको दक्षिणी भाग किबुज अलुमिममा हमास समूहको आक्रमणमा पारी नेपाली विद्यार्थीहरूले ज्यान गुमाएका थिए ।
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गत असोज २२ गते परिवार राहत उपलब्ध गराउने निर्णय गरेको थियो । सोही अनुसार जिल्ला प्रशासन कार्यालयहरूलाई मन्त्रालयले रकम निकासा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण