नेपाल सुपर लिग : वीरगञ्जले काठमाडौँलाई हरायो
काठमाडौँ, ५ पुस : वीरगञ्ज युनाइटेडले काठमाडौँ रेजर्सलाई पराजित गर्दै नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा जित हासिल गरेको छ ।
दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा वीरगञ्जले काठमाडौँ रेजर्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । वीरगञ्जका जितमा विलियम ओपोकुले ह्याट्रिक गरे भने सुनिल खड्काले एक गोल थपे । यता काठमाडौँका लागि भने एनकेन्गुय जुनियरले एक गोल गरे ।
खेलमा पहिलो अग्रता भने काठमाडौँले लियो । खेलको २१औँ मिनेटमा काठमाडौँका जुनियरले कुल्दीप कार्कीको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा वीरगञ्जले पेनाल्टी पायो । सुशील लामाले प्रहार गरेको बल बचाउने क्रममा काठमाडौँका आन्द्रेस नियाले ह्याण्ड गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो ।
जसको सदुपयोग वीरगञ्जका विलियम ओपोकुले गरे । त्यस्तै खेलको दोस्रो हाफमा वीरगञ्जले थप तीन गोल ग¥यो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै सुनिल खड्काले गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि खेलको ५६ र ५७औँ मिनेटमा ओपोकुले लगातार दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । यस जितसँगै वीरगञ्जले सात खेल खेल्दा आठ अङ्क जोडेको छ । वीरगञ्ज अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ ।
त्यस्तै पराजित काठमाडौँले सात खेलमा नौ अङ्क जोडेको छ । काठमाडौँ अङ्क तालिकाको पाँचौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण