नेपाल सुपर लिग : आज धनगढीले पोखरा र चितवनले झापाको सामना गर्ने
शुक्रबार, ०६ पुस २०८०, ०६ : २४
काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन् । दशरथ रङ्गशाला मैदानमा आज हुने पहिलो खेलमा धनगढी एफसीले पोखरा थन्डर्सको सामना गर्ने भएको छ । यो खेल दिउँसो एक बजेबाट सुरु हुनेछ । त्यसैगरी आजै साँझ पाँच बजेबाट सुरु हुने दोस्रो खेलमा एफसी चितवनले झापा एफसीको सामना गर्नेछ ।
यसअघि हिजो भएको खेलमा वीरगञ्ज युनाइटेडले काठमाडौँ रेजर्सलाई पराजित गरेको थियो । वीरगञ्जले काठमाडौँ रेजर्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
यस जितसँगै वीरगञ्जले सात खेल खेल्दा आठ अङ्क जोडेको छ । वीरगञ्ज अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ ।
त्यस्तै पराजित काठमाडौँले सात खेलमा नौ अङ्क जोडेको छ । काठमाडौँ अङ्क तालिकाको पाँचौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण