अहिले कांग्रेस वरिष्ठ नेताको बारेमा कसैले चिन्ता लिनु पर्दैन : सभापति बानियाँ
काठमाडौँ । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँले कांग्रेसको वरिष्ठ नेताको बारेमा अहिले चिन्ता कसैले पनि लिनु नपर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित कांग्रेस बागमती प्रदेशको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सभापति बानियाँले कांग्रेसको मर्यादाक्रममा वरिष्ठ नेतामा पार्टीले कुनैपनि निर्णय नगरेको बताए । उनले बागमती प्रदेशको प्रदेश अधिवेशन विधान र प्रक्रिया बमोजिम अहिले बनाएको मर्यादाक्रम अनुसार नै आसनग्रहण हुने बताए ।
उनले स्व. गिरिजाप्रसाद कोइरालाले पार्टी एकता हुँदा कांग्रेसको माइन्युटमा नै शेरबहादुर देउवा वरिष्ठ नेता भनेको र त्यसपछि अहिलेका वर्तमान सभापति शेरबहादुर देउवा पार्टी सभापति हुँदा माइन्युट गरेरै रामचन्द्र पौडेललाई वरिष्ठ नेता तोके बाहेक कसैलाई पनि पार्टीको विधानअनुसार वरिष्ठ नेता नतोकिएको स्पष्ट पारे ।
सभापति बानियाँ बागमती प्रदेशले विधि, पद्धतिअनुसार प्रदेश अधिवेशन अघि बढाउने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण