बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अहिले कांग्रेस वरिष्ठ नेताको बारेमा कसैले चिन्ता लिनु पर्दैन : सभापति बानियाँ

शुक्रबार, ०६ पुस २०८०, १७ : ३९
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँले कांग्रेसको वरिष्ठ नेताको बारेमा अहिले चिन्ता कसैले पनि लिनु नपर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित कांग्रेस बागमती प्रदेशको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । 

सभापति बानियाँले कांग्रेसको मर्यादाक्रममा वरिष्ठ नेतामा पार्टीले कुनैपनि निर्णय नगरेको बताए । उनले बागमती प्रदेशको प्रदेश अधिवेशन विधान र प्रक्रिया बमोजिम अहिले बनाएको मर्यादाक्रम अनुसार नै आसनग्रहण हुने बताए । 

उनले स्व. गिरिजाप्रसाद कोइरालाले पार्टी एकता हुँदा कांग्रेसको माइन्युटमा नै शेरबहादुर देउवा वरिष्ठ नेता भनेको र त्यसपछि अहिलेका वर्तमान सभापति शेरबहादुर देउवा पार्टी सभापति हुँदा माइन्युट गरेरै रामचन्द्र पौडेललाई वरिष्ठ नेता तोके बाहेक कसैलाई पनि पार्टीको विधानअनुसार वरिष्ठ नेता नतोकिएको स्पष्ट पारे ।

सभापति बानियाँ बागमती प्रदेशले विधि, पद्धतिअनुसार प्रदेश अधिवेशन अघि बढाउने स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप