टिकटकमाथि प्रतिबन्ध, मारमा साना व्यवसायी
काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसमार्फत ग्राहक तानिरहेका व्यवसायीको भविष्य अन्योलग्रस्त भएको छ । एक महिना अघिसम्म टिकटकमार्फत उपभोक्तासँग जोडिएर रहेका व्यवसायी यतिखेर कसरी व्यापार टिकाउने भनेर चिन्तित छन् ।
डिजिटल मार्केटिङका लागि गुगल, फेसबुक, इन्स्टाग्राम एक्स र भाइबरजस्ता माध्यमलाई उछिन्दै टिकटक अगाडि आएको थियो । टिकटक एकसाथ धेरै प्रयोगकर्तामाझ पुग्ने भएकाले हरेक उमेर समूहका प्रयोगकर्ता सहज रूपमा यसमा आबद्ध थिए ।
चलचित्र निर्माता तथा हास्य कलाकार दीपकराज गिरी नेपाली समाजमा टिकटक रमाइलोसँगसँगै जानकारी लिने प्लेटफर्म बन्दै गएको स्मरण गर्छन् । गीतमा लिपसिंक गर्दै बनाइने टिकटक भिडियो नेपाली फिल्मको व्यापार बढाउने माध्यम बनिसकेका थियो,' उनले भने, 'बिना पैसा धेरैभन्दा धेरै मानिससम्म पुग्ने माध्यम टिकटक सही ढङ्गमा प्रयोग गर्न सके फलदायी हुन्छ । यसको माध्यमबाट व्यापार पनि फस्टाउँदै गएको थियो । तर सरकारले यसको आवश्यकता महसुस गर्न सकेन ।' आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा कांग्रेसले असभ्य व्यवहार देखायो : ओली
-
राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ