खैरहनी नगरपालिकाले घटायो प्रशासनिक खर्च
चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको समीक्षा गर्दै चालु खर्चको बजेट संशोधनसहित पारित गरेको छ । शुक्रबार सम्पन्न चौधौँ नगरसभाले चालु खर्चतर्फ रु एक करोड नौ लाख बजेट घटाएको हो ।
नगरप्रमुख शशीकुमार खनियाका अनुसार चालु खर्चबाट घटाइएको रकमलाई पुँजीगत खर्चमा रकमान्तर गरी विभिन्न विकास निर्माणको योजनामा विनियोजन गरिएको छ । विकास निर्माणका कार्यक्रमलाई प्राथमिकता दिँदै नगरवासीको जनआकांक्षा सम्बोधन गर्न प्रशासनिक खर्च कटौती गरिएको नगरप्रमुख खनियाले बताए ।
नगरसभाबाट पारित भएका महत्वपूर्ण निर्णयको जानकारी गराउँदै नगरप्रमुख खनियाले खैरहनी नगरवासीले उपचारको लागि रगत लिन रक्त सञ्चार केन्द्रलाई बुझाउनुपर्ने शुल्क नगरपालिकाले भुक्तानी गर्ने निर्णय गरेको जानकारी दिए ।
चालु आवको साउन महिनामा सम्पन्न दोस्रो नगरसभाले चालु खर्चतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चको व्यय अनुमान रु ११ करोड ९९ लाख विनियोजन गरेकामा चौधौँ नगरसभाले सो अनुमानित बजेट घटाएर रु १० करोड ९९ लाख कायम गरेको छ । विभिन्न नगरस्तरीय कार्यक्रमको व्यय अनुमान रु ४९ लाख २५ हजारलाई रकमान्तर गरी रु ४० लाख २५ हजार कायम गरिएको नगर उपप्रमुख कविता उप्रेतीले बताइन् ।
नगरसभामा उपप्रमुख उप्रेतीद्वारा पेस भएको तेह्रौँ नगरसभाबाट स्वीकृत आव २०८०/८१ को बजेट, योजना तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव र विभिन्न राजस्वका दरहरूलाई संशोधनसम्बन्धी प्रस्तावसभासमक्ष पेश भई सर्वसम्मतरुपमा पारित गरिएको छ ।
खैरहनी नगरपालिकाको चौधौँ नगरसभामा कार्यपालिकाले चालु आव साउनदेखि हालसम्म गरेका निर्णयहरु अनुमोदन गर्नेसम्बन्धी प्रस्ताव, खैरहनी नगर अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन सर्वसम्मतिले पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण