खोया प्रहारपछि रविले भने, ‘आक्रमण र मुद्दाले पछि हट्दिनँ’
पोखरा । रास्वपा अध्यक्ष रवि लामिछानेले एक/दुईवटा आक्रमण र मुद्दाबाट आफू विचलित नहुने जनाएका छन् । शनिबार पोखराको अमरसिंह चोकमा भएको सभामा उनीमाथि मकैको खोया प्रहारपछि लामिछानेले यो अहिलेको नेतृत्वविरुद्ध जनताको वितृष्णाको उपज भएको टिप्पणी गरेका हुन् ।
खोया प्रहार गर्ने व्यक्ति र उनको परिवारलाई भेट्न आफू जाने सुनाउँदै उनले थपे, ‘न मुद्दा, न मामिला उहाँलाई बुझाइदिनु होला । माला लगाएर घर छाडिदिनू होला । देशको पूर्व उपप्रधान तथा गृहमन्त्री भएकाले यो सुरक्षाकर्मी साथीहरूलाई मेरो अनुरोध र निर्देशन पनि भयो । म उहाँको परिवारलाई भेट्न म छुट्टै जानेछु ।’
उनले प्रहारको बदलामा एउटा फूल रोपेर जाने सुनाए । उनी भन्छन्, ‘मनबाट गल्ती भयो भनेर महसुस हुने गरी काम गरी फेरि यही चोकमा आएर कुरा गर्ने छु ।’ यसलाई जनताले दिएको चेतावनी ठानेको उनले सुनाए ।
लामिछानेले आफूले नबिराएको दाबी गर्दै आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गरे । ‘हामी आत्तिएका छैनौँ, अघिल्लो सात जन्मको हिसाब निकाले पनि अनियमितता पत्ता लगाउन सक्दैनन् । जति पटक लडिए पनि उडेर हिँड्छु । एक आक्रमण, मुद्दाबाट पछि हट्ने सुविधा मलाई छैन ।’
उनले सहकारी पीडितलाई सम्बोधन गर्न सरकारसँग माग गरे । मिटरब्याज जस्तै सहकारी र लघुवित्त पीडितको मुद्दा सबैभन्दा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता उनले जनाए । मित्रमिलन सहकारीको प्रतिवेदन आफूलाई प्राप्त भएको उनले सुनाए ।
आफू आक्रमण, धाक धम्कीबाट नडराई आफ्नो बाटोमा हिँडेको मान्छे भएको तर्क गर्दै उनले एउटै दुःख मान्छेलाई थचक्क बसाल्न पर्याप्त हुने भए पनि आफू त्यसको अपवाद भएको जिकिर गरे । ‘म धेरै दुःख सहँदै आएको मान्छे हो । अब त नयाँ प्रहार पनि सुरु भएको रहेछ । अन्तिम साससम्म पनि जनतासँग गरेको वाचा पूरा गर्न तयार छु,’ लामिछानेले भने ।
संसारको सबैभन्दा विकसित देशमा भनेको जस्तो जीवन छाडेर देशको अवस्था बदल्न आएको सुनाउँदै लामिछानेले राजनीति छाडिसकेपछि आफैँ परिश्रम गरेर खाने र राज्यको सुविधा नलिने वाचा गरे ।
‘आगो जति दन्किएको होस् त्यहाँ टेक्ने साहस नबोकीकन, काँडा जति तीखो होस् त्यहाँ हिँड्ने हिम्मत नभएर यहाँ हिँडेको होइन । हिम्मत छ, त्यो देखिँदै जाने छ,’ उनले भने, ‘जति प्रहार भए पनि कालो सिसाभित्र लुकेर हिँड्ने नेता म होइन । कसैले ढुङ्गा, हिलो फालेर यात्रा बदलिने वाला छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
-
विपदजन्य घटनामा वैशाख यता १२७ को मृत्यु, ७७३ घाइते
-
एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण