जतिसुकै स्यालहुइयाँ मच्चाए पनि राजतन्त्र फर्किँदैन : ओम शर्मा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ललितपुर महानगरपालिका–१५ को पाँचौँ वडा सम्मेलन उत्साहजनक रूपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन मन्तव्य दिँदै प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले बाहिर जतिसुकै स्याल हुइयाँ मच्चाए पनि राजतन्त्र नफर्किने बताए ।
‘सङ्घीयता नाम मात्रको भयो । जनताको सङ्घीयता, गणतन्त्र आएको छैन । धेरै अधिकार केन्द्रमै निहित छ । १० वर्ष युद्ध लडेर माओवादीले ल्याएको गणतन्त्रमा शिक्षा सुधार गर्न सकेन’, शर्माले भने, ‘हिजो ००७ सालको क्रान्ति, ०२८ सालको झापा विद्रोह, ०६२/६३ को जनआन्दोलन पाठ्यक्रममा समावेश गर्न सकेनौँ । भावी पीँढीले त्यसबारे थाह पाउन सकेनन् । त्यसकारण राजतन्त्र फर्किने बाहिर स्यालहुइँया मच्चाएका छन् । जतिसुकै फुर्तिफार्ति गरे पनि राजतन्त्र फर्किँदैन ।’
यस्तै तीन महिने रूपान्तरण अभियानले देशभित्र र प्रवासमा माओवादीलाई फेरि जागरूक बनाएको शर्माले जिकिर गरे ।
सम्मेलनले नन्दगोपाल महर्जनको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको छ । उपाध्यक्षमा कृष्णकुमार थापा, सचिव अमिर महर्जन, सहसचिवमा जमुना महर्जन, पुरुषोत्तम कार्की रहेका छन् । यो प्रधानमन्त्री प्रचण्डको समेत वडा रहेको छ ।
यस्तै नवराज राउत, प्रियकुमार नेम्बाङ, बिन्दु खड्का, जमुनादेवी गौतम, राकेश महर्जन, रवीन्द्र महर्जन, रेणुका रायमाझी, अम्बिका दर्जी, लक्ष्मी विष्ट, माधव पौडेल, पवित्रा नेपाल, शशि थापा लगायत समितिमा छन् । नवनिर्वाचित समितिलाई केन्द्रीय सदस्य उषा देवकोटा, जिल्ला समन्वय समितिका अध्यक्ष शिव कट्टेल लगायत नेताहरूले नवनिर्वाचित सदस्यहरूलाई बधाई दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण