दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ असारमा रिलिज हुने
काठमाडौँ । पछिल्लो समय फिल्म छायाङ्कन अगाडि प्रदर्शन मिति तोक्न थालिएको छ । यस्तैमा अभिनेता दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘घरज्वाइँ’ पनि असार २८ गते सार्वजनिक प्रदर्शनमा आउनेछ ।
निर्माण युनिटले वितरक रोहित कट्टेलसँगको छलफलपछि प्रदर्शन मिति सार्वजनिक गरेको हो । प्रदर्शन मितिसँगै फिल्मको थिम पोस्टर पनि सार्वजनिक भएको छ ।
अनिल बुढामगरको निर्देशन रहने फिल्ममा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, कविता आले, राज थापा, शिला आले, अनु थापा, बिना थापामगर, खबपु पुनको अभिनय रहनेछ । माघ तेस्रो साताबाट छायाङ्कन सुरु हुन लागेको फिल्म पूर्वी रुकुममा खिचिनेछ । फिल्ममा निर्देशक मगरको अलवा विनोद खतिवडा र सुवास कोइरालाको लेखन रहेको छ ।
जीएम मुभिज प्रडक्सनको प्रस्तुतिमा जनक घर्तीमगर निर्माता रहेको फिल्ममा सुसन प्रजापति, हर्क साउद र मनोज थापाको शब्द तथा सङ्गीत रहनेछ । आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको अस्ट्रेलिया प्रदर्शन अधिकार एमएसएम इन्टरटेन्मेन्टले लिएको छ । घरज्वाइँ बस्ने परम्पराको कथामा फिल्म बन्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण