विद्यालय शिक्षा विधेयकबारे शिक्षा समितिले सरोकारवालासँग समेत छलफल गर्ने
काठमाडौँ । संसद्का शिक्षा, स्वास्थ तथा सुचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमाथि दफावर छलफल थालेको छ। संसद्मा दर्ता हुँदै समितिमा पेश भएको विधेयकमा दफावार छलफल सुरू भएको हो। चौतर्फी चासोको विषय रहेको उक्त विधेयकमाथि समितिले सरोकारवालासँग समेत छलफल गर्ने भएको हो।
आज पहिलो दिनको छलफलको क्रममा विधेयकबारे सरोकारवाला विद्यालय, शिक्षक, शिक्षक संघ संस्था तथा सरोकारवाला निकायलाई समेत बोलाएर धारणाा लिने भएको हो। समिति सभापति भानुभक्त जोशीले समिति सदस्यहरूसँग छलफल गर्दै शिक्षाविद्हरूलाई समेत बोलाएर सुझाव माग्ने बताए।
विधेयकमा १५२ सांसदहरूले १ हजार ७५७ विवरणसँग सम्बन्धित रहेर संशोधन प्रस्ताव दर्ता भएका छन्। ती प्रस्तावमाथि संशोधनकर्ता सांसदहरूलाई समेत छलफलमा बोलाउनेछ। त्यसका लागि संसद सचिवालयलाई खाका तयार पार्न भनेको छ।
‘कुन कुन संस्थालाई बोलाउने त्यसको सुझाव सचिवालयले लिनेछ। त्यस्तै फिल्ड भिजिटमा जानुपर्ने देखिए त्यो पनि गर्छौ। आफुलाई लागेका सुझाव सचिवालयमा समेत मानवीय ज्यूहरूले टिपाउनुहोला’ जोशीले भने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण