सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल वायुसेवा निगम र थाई एयरवेजबिच ग्राउण्ड ह्यान्डलिङ सम्झौता

आइतबार, ०८ पुस २०८०, १८ : २१
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । नेपाल वायुसेवा निगमसँग थाई एयरवेजले ग्राउण्ड ह्याण्डलिङ सेवा लिन सुरु गरेको छ । नेपाल वायुसेवा निगम र थाई एयरवेजबिच ग्राउण्ड ह्याण्डलिङ सेवा सम्झौता भएको हो ।

नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ सेवालाई अझै राम्रो बनाउन थाई एयरवेजले ८० थान ग्राम ग्राउण्ड ह्याण्डलिङ सम्बन्धित सामग्रीहरु समेत नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गरेको छ।  

सामग्रीहरु नेपाल वायुसेवा निगमको स्वामित्वमा रहेगरी निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारी र थाई एयरवेजको तर्फबाट थाई एयरवेजका वेस्टर्न एण्ड मिडिल इस्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गरेको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए । उनले विगत लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्दै आएको थाई एयरवेजले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ लिनुले निगममाथिको विश्वास बढेको बताए । उनले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ सेवामा सहयोग पुगोस् भन्ने उद्देश्यले थाई एयरवेजले प्रयोग गर्दै आएको ८० थान ग्राम सागम्रीहरु नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गरेको पनि बताए । लामो समयदेखि सेल्फ ह्याण्डलिङ गरेको थाई एयरवेजले नेपाल एयरलाइन्ससँग कमर्सियल ग्राउण्ड ह्याण्डलिङ गर्न सहमति हुनु नेपाल एयरलाइन्सको विश्वसनियता र नेपाल एयरलाइन्समाथि उठेको प्रश्नको जवाफ भएको उनले बताए ।

प्रवक्ता पौडेलले थाई एयरवेजले नेपाल एयरलाइन्समाथि विश्वास गर्नु एयरलाइन्समाथि भएको आक्रमण र उठेको प्रश्नको जवाफ भएको बताए । गत मंसिर १५ गते नागरिक उड्डयन प्राधिकरणले निगमले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ प्रतिष्पर्धाबाट मात्र दिने निर्णय गरेको थियो । प्राधिकरणले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम ५ (२) अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा प्रतिष्पर्धाको माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने’ निर्णय गरेको थियो । सो निर्णयसँगै निगमका कर्मचारीले ट्रेड युनियन संघर्ष समिति बनाएरै आन्दोलन गरेका थिए ।

Press Release Ground Handling with Thai Airways_page-0001

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप