शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एमाले सांसद कोइरीको निलम्बन फुकुवा

आइतबार, ०८ पुस २०८०, १९ : १५
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । आइतबार संसद् सचिवालयले कोइरीको निलम्बन फुकुवा गरेको हो ।  

यसअघि आइतबार नै सांसद कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका थिए ।  संसद् सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेले विज्ञप्ति जारी गर्दै सांसद कोइरीको निलम्बन फुकुवा भएको जानकारी दिए । 

कोइरीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेको थियो । फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निर्णय गरेपछि उनी संसद् पदबाट निलम्बनमा परेका थिए । गत मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिएको थियो । 

अदालतबाट सफाइ पाएपछि कोइरीले निलम्बन फुकुवाको लागि निवेदन दिएपछि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (५) बमोजिम निलम्बन फुकुवा भएको संसद् सचिवालयले जनाएको छ । 

 

s

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप