एमाले सांसद कोइरीको निलम्बन फुकुवा
काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । आइतबार संसद् सचिवालयले कोइरीको निलम्बन फुकुवा गरेको हो ।
यसअघि आइतबार नै सांसद कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका थिए । संसद् सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेले विज्ञप्ति जारी गर्दै सांसद कोइरीको निलम्बन फुकुवा भएको जानकारी दिए ।
कोइरीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेको थियो । फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निर्णय गरेपछि उनी संसद् पदबाट निलम्बनमा परेका थिए । गत मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिएको थियो ।
अदालतबाट सफाइ पाएपछि कोइरीले निलम्बन फुकुवाको लागि निवेदन दिएपछि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (५) बमोजिम निलम्बन फुकुवा भएको संसद् सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण