शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

चरेससहित एक जना पक्राउ

सोमबार, ०९ पुस २०८०, १६ : ४०
सोमबार, ०९ पुस २०८०

रसुवा । अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थसहित रसुवाबाट एक जना पक्राउ परेका छन् । गोसाईकुण्ड गाउँपालिका-६ ठाडेखोलाबाट ६ सय ६८ ग्राम चरेशजस्तो देखिने पदार्थसहित आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङ बस्ने ५५ वर्षीय दावा तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी चौकी हाकुबाट खटिएको प्रहरीले गोल्जुङवेशीबाट मैलुङतर्फ जाँदै गरेको बा.७६ प ३७५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप