फिलिपिन्समा भएको झडपमा नौ विद्रोहीको मृत्यु
मनिला । फिलिपिन्स सरकार र माओवादी विद्रोहीबिच शान्ति वार्ता पुनः सुरु गर्न सहमति भएको करिब एक महिनापछि सोमबार फिलिपिन्सको सेनाले श्रृङ्खलाबद्ध सशस्त्र कारबाही गरेको छ । कारबाहीमा नौ लडाकुको गोली लागि मृत्यु भएको छ ।
फिलिपिन्सको कम्युनिस्ट पार्टी र यसको सशस्त्र शाखा न्यू पिपुल्स आर्मी (एनपीए) ले घोषणा गरेको दुई दिने एकतर्फी क्रिसमस युद्धविरामको सुरुवातमा दक्षिणी सहर मलयबाले नजिकैका चार दुर्गम गाउँहरूमा युद्ध भएको एक सैन्य विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सेनाको चौथो इन्फेन्ट्री डिभिजनले मलयबलेमा भएको झडपको विस्तृत विवरण तत्काल सार्वजनिक गरेको छैन तर सेनाले नौ जना एनपीए विद्रोही मारिएको पुष्टि गरेको छ ।
सन् १९८६ मा मार्कोसका पितालाई सत्ताच्युत गरेयता पूर्ववर्ती सरकारहरूले सुरु गरेको असफल वार्तापछि राष्ट्रपति फर्डिनान्ड मार्कोसको सरकार र विद्रोहीहरूले अर्को वर्ष शान्ति वार्ता पुनः सुरु गर्ने योजना बनाएको गत महिना घोषणा गरेका थिए ।
फिलिपिन्समा विश्वकै सबैभन्दा लामो समयसम्म चलेको माओवादी विद्रोहले हजारौँको ज्यान लिइसकेको छ ।
विद्रोही समूहले एकपक्षीय रूपमा मङ्गलबार विद्रोहको ५५ औँ स्थापना दिवसको उपलक्ष्यमा दुई दिन ‘सामरिक आक्रमणहरू’ स्थगन गर्ने शनिबार घोषणा गरेको थियो ।
करिब २६ हजार छापामार बाँकी रहेको अनुमान गरेको सरकारले एनपीएसँग यस वर्ष क्रिसमस युद्धविराम नगर्ने बताएको थियो ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण