धनगढी नेपाल सुपर लिगको फाइनलमा
काठमाडौँ । धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । धनगढी एफसीले पोखरा थन्डर्सलाई ‘टाइब्रेकर’मा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा धनगढीले पोखरालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरेको हो । नब्बे मिनेटको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेले । त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले थप १–१ गोल गर्दै बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।
यसअघि खेलको पाँचौँ मिनेटमा पोखराले पहिलो गोल गर्दै अग्रता लिएको थियो । उक्त गोल आयुष घलानले गरेका थिए । त्यस्तै खेलको ५४औँ मिनेटमा धनगढीका लागि कप्तान देवेन्द्र तामाङले गोल गरे । यस्तै अतिरिक्त समयमा पोखराका लागि स्टेफन कोजो एनोरले तथा धनगढीका लागि अहमद हिजाजीले गोल गरेका थिए ।
मङ्गलबार काठमाडौँ र ललितपुरबीच खेल हुनेछ । उक्त त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण