नेपाल सुपर लिग : दोस्रो क्वालीफायर प्रवेशका लागि काठमाडौँ र ललितपुर भिड्दै
मङ्गलबार, १० पुस २०८०, ०८ : ३३

काठमाडौँ । नेपाल सुपर लिगमा आज साबिक विजेता काठमाडौँ र ललितपुर सिटी एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । आजको विजेता दोस्रो क्वालीफायर प्रवेश गर्नेछ ।
लिग चरणमा काठमाडौँ तेस्रो र ललितपुर चौथो हुँदै शीर्ष चारमा पुगेका थिए । यसअघि लिगको अन्तिम खेलमा पनि काठमाडौँ र ललितपुबीच प्रतिस्पर्धा भएको थियो । जसमा ललितपुरलाई १–० ले पराजित गर्दा काठमाडौँले प्लेअफमा स्थान पक्का गरेको थियो ।
सोमबार भएको पहिलो क्वालिपायरमा पोखरालाई पेनाल्टीसुटआउटमा हराउँदै साबिक उपविजेता धनगढी लगातार दोस्रो पटक फाइनल पुगिसकेको छ ।