खानुस् यी पाँच खानेकुरा, जसले तपाईँमा भरिदिनेछ तागत
काठमाडौँ । हिजोआज खराब जीवनशैली र खानपिनले गर्दा मान्छेमा स्टामिना अर्थात् तागत घट्दै गइरहेको छ । अलि अलि धपेडी हुने काम गरेपछि मान्छे कमजोर र थकित हुन थाल्छन् । स्टामिना राम्रो छ भने राम्रो तरिकाले काम गर्न मद्दत मिल्छ । तपाईँलाई पनि शरीरमा स्टामिना कम भइरहेको महसुस हुन थालेको छ भने यसलाई गम्भीरतापूर्वक लिन आवश्यक छ ।
खानेकुराले हामीलाई ऊर्जा दिन्छ । समग्रमा स्टामिना बढाइदिन्छ । तर ध्यानमा राख्नु पर्ने कुरा चाँहि के हो भने कुनै एउटा मात्रै खाद्य पदार्थ एक्लैले चमत्कारिक रूपमा स्टामिना बढाउन सक्दैन । तर विभिन्न प्रकारका फलफूल, तरकारी, अन्न, प्रोटिन र हेल्दी फ्याट सबै समावेश गरिएको सन्तुलित, पौष्टिक आहारले स्टामिना बढाउन मद्दत मिल्छ ।
आजको यस लेखमा प्राकृतिक रूपमा स्टामिना बूष्ट गर्ने अनि शरीरमा रहेको वर्षौदेखिको कमजोरीलाई भगाउने केही खानेकुराबारे हामी कुराकानी गर्न गइरहेका छौँ ।
केरा:

केरामा कार्बोहाइड्रेट्स, प्राकृतिक चिनी र पोटाशियम भरपुर मात्रामा हुन्छ । यसले तुरुन्तै अनि लामो समयसम्म एनर्जी दिइरहन्छ । त्यसैले तपाईँले आफ्नो स्टामिना बढाउने मामिलामा यो उत्कृष्ट विकल्प साबित हुन सक्छ । तपाईँले नास्तामा ओट्स वा स्मुदीमा काटिएको केरा मिसाएर खानु भयो भने पूरै दिन तपाईँलाई ऊर्जा वान बनाएर राख्न मद्दत गर्न सक्छ ।
ओट्सः

ओट्समा उच्च मात्रामा फाइबर, जटिल कार्बोहाइड्रेट्स र भिटामिन हुन्छ । जसले भोजनलाई ऊर्जामा बदल्न मद्दत गर्छ । यसले स्टामिनालाई बढाएर ऊर्जा पनि दिन्छ । तपाईँले दिनको सुरुमै एक कचौरा ओटमिल खानुस् या स्मुदीमा ओट्स हालेर खानुस् ।
क्विनोआः

क्विनोआ प्रोटिनले भरपुर हुन्छ । यसमा पनि जटिल खालको कार्बोहाइड्रेट्स, फाइबर र म्याग्नेशियम अनि आइरन पाइन्छ । यसले तपाईँलाई पर्याप्त ऊर्जा दिन्छ अनि स्टामिनामा पनि सुधार गर्न मद्दत मिल्छ । क्विनोआलाई मेन डिश र साइड डिशको रूपमा खान सकिन्छ । तपाईँले यसलाई सुपको रूपमा पनि खान सक्नु हुन्छ ।
चिया सिडः

चियाको बिउमा स्वस्थ फ्याट, प्रोटिन, फाइबर र एन्टिअक्सिडेन्टसमेतका कयौँ पोषक तत्त्व पर्याप्त मात्रामा हुन्छ । यसले शरीरलाई लामो समयसम्म ऊर्जा वान बनाई राख्छ । तपाइले दहीमा चिया सिड हालेर खान सक्नु हुन्छ । स्मुदीमा पनि यसलाई मिसाएर खान सकिन्छ ।
बदाम:

बदाम स्वस्थ बोसो, प्रोटिन र फाइबरको ठुलो स्रोत हो । यसले तपाईँलाई निकै धेरै ऊर्जा दिन्छ । समग्रमा स्टामिना सुधार्छ । हरेक दिन नास्तामा पाँचदेखि छ ओटा बदाम खानु पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण