लियोनल मेस्सीले इन्टर मियामीको सात खेल गुमाउने
काठमाडौँ । अमेरिकी क्लब इन्टर मियामीमा स्टार अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले नयाँ सिजनको मेजर लिग सकर (एमएलएस) मा सातवटा खेल गुमाउने भएका छन् । एमएलएसको नयाँ सिजन आगामी फेब्रुअरीको तेस्रो सातादेखि सुरु हुँदैछ ।
नयाँ सिजनको एमएलएसमा इन्टर मियामीले आफ्नो पहिलो खेल फेब्रुअरी २१ तारिखमा रेड साल्ट लेकसँग खेल्नेछ । राष्ट्रिय टोलीबाट महत्वपूर्ण प्रतियोगिता खेल्नु पर्ने भएकाले उनले इन्टर मियामीको सात खेल गुमाउने भएका हुन् ।
कीर्तिमानी रुपमा आठपटक बालेन डी’ओरको उपाधि चुमिसकेका ३६ वर्षीय मेस्सीले त्यो समयमा राष्ट्रिय टोलीबाट कोपा अमेरिका खेल्नु पर्ने हुन्छ । कोपा अमेरिका फुटबल जुन २० देखि जुलाई १४ तारिखसम्म अमेरिकामै आयोजना हुँदैछ ।
नयाँ सिजनको एमएलएसमा इन्टर मियामीले जुन १५ मा फिलाडेल्फियासँग, कोलम्बससँग जुन १९ मा, नासभिलसँग जुन २९ मा, चार्लोट्टीसँग जुलाई ३ मा र सिनसिनाटीसँग जुलाई ६ तारिखमा खेल्ने कार्यक्रम रहेको छ । यसका अतिरिक्त इन्टर मियामीले टोरन्टोसँग जुलाई १७ र सिकागोसँग जुलाई २० मा खेल्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण