वर्षाले बिथोलेको दोस्रो टेस्टको पहिलो दिन अस्ट्रेलियाको मध्यम सुरुआत
काठमाडौँ । पाकिस्तानविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो दिन मंगलबार अस्ट्रेलियाले पहिलो पालीमा तीन विकेट गुमाएर एक सय ८७ रन बनाएको छ । वर्षाका कारण लामो समय खेल अवरुद्ध भएपछि पहिलो दिनको खेल ६६ ओभरमात्र सम्भव भएको थियो ।
हाल पाकिस्तानी क्रिकेट टोली अस्ट्रेलिया भ्रमणमा छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली अस्ट्रेलियाका लागि ओपरन ब्याट्सम्यान डेभिड वार्नरले ३८ रन बनाए । उनले ८३ बलमा तीन चौका पनि प्रहार गरे ।
अर्का ओपनर उसमान ख्वाजाले पनि अस्ट्रेलियाका लागि ४२ रन बनाए । उनले एक सय एक बलमा पाँच चौका हिर्काएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान मार्नस लाम्बुसेन अविजित ४४ रन बनाउँदै क्रिजमा छन् । उनले एक सय २० बलमा तीन चौका हिर्काएका छन् ।
स्टिभन स्मिथ भने २६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले ७५ बलमा दुई चौका प्रहार गरेका थिए । ट्राभिस हेड अविजित नौ रन बनाउँदै क्रिजमा छन् । लाम्बुसेन र हेडले दोस्रो दिन बुधबारको खेल अगाडि बढाउने छन् ।
मेलबर्नमा जारी उक्त खेलमा अस्ट्रेलियाले अतिरिक्त रुपमा पनि २८ रन पाएको छ । भ्रमणकारी टोली पाकिस्तानका बलर हसन अली, आमेर जमाल र आघा सलमानले एक–एक विकेट लिए । यसअघि पर्थमा खेलिएको पहिलो टेस्टमा अस्ट्रेलिया तीन सय ६० रनले विजयी भएको थियो । अस्ट्रेलिया र पाकिस्तानबिच तीन टेस्टको शृंखला खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण